झापा : झापाको भद्रपुर नगरपािलका-२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको गए राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा विशालपुर २२ नम्वर टोल निवासी ४७ वर्षीया कुसुम राई रहको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार लुगा सुकाउदा विजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु भएकी राईको आज मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।