काठमाडौं : क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । यो उसको कीर्तिमानी १२ औं उपाधि हो ।
शनिबार राति भएको फाइनलमा रियलले युभेन्टसलाई ४-१ गोल अन्तरले हराएको छ ।
कार्डिफमा भएको खेलको २० औं मिनेटमा रोनाल्डोल गोल गरेका थिए । २७ औं मिनेटमा युभेन्टसका मान्जुकिजले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
तर, दोस्रो हाफमा युभेन्टसले रियल मडि्रडलाई रोक्न सकेन । ६१ औं मिनेटमा कासिमेरोले गोल गर्दै टिमलाई अग्रता दिलाए । तीन मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल गरे ।
८४ औं मिनेटमा युभेन्टसलाई अर्को झड्का लाग्यो । उसका जुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ९० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मडि्रड ४-१ले विजयी भएको छ ।