भोजपुरमा आगलागीमा परि एक बालिकाको मृत्यु

नयाँ बुलन्द

भोजपुुर : भोजपुरको हतुवागडी गाउँपालिका–५ मा आगलागीमा परि हुदाँ एक बालिकाको ज्यान गएको छ । आगलागीमा परि ४ वर्षकी खिम्दुङ राईको ज्यान गएको हो ।

घरसँगै रहेको गोठमा बच्चाले लाइटर खेलाउँदा भएको आगलागीमा परि राईको ज्यान गएको आफन्त युवराज राईले बताए । बालिकाकी आमा चन्द्रकुमारी राईको घाइते भएकी छिन् । घाइतेको घाडेटार पोलिकिल्नकमा उपचार भइरहेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार