इलामका २७ मतदानस्थल अतिसंवेदनशील, ३३ संवेदनशील

नयाँ बुलन्द

इलाम : सुरक्षा समिति इलामले जिल्लाका २७ वटा मतदानस्थल अति संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको चुनावमा सुरक्षाका दृष्टिले अरु ३३ स्थल संवेदनशील रहेको सुरक्षा समिति इलामले जनाएको छ ।

समितिले जिल्लाका २७ वटा मतदानस्थललाई अति संवदेनशील ठहराएको हो । जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ ।

सुरक्षा समिति इलामका अनुसार गोर्खे मानडाँडाँ, गोर्खे मंगलबारे, जोगमाई, पशुपतिनगर, श्री अन्तु, समाल्बुङ्ग, कालपोखरी हिले, सिमलटार, बाँझो गाउँ, जिर्मले लगायतका अति संवेदनशील मतदानस्थल घोषणा भएका छन् ।

यस्तै मैदाने शान्तिडाँडाँ, फूटुक लक्ष्मीपुर, बतासे ,गोदक , सोयाक, भालुझोडा , शान्तिपुर बरफल्याङ्ग लगायतका मतदानस्थल सुरक्षाका दृष्टिले संवदेनशील ठहराइएको छ ।

बाँकी  ८४ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए । उनका अनुसार सामान्यमा भन्दा अति संवेदनशील र संवेदनशीलमा बडी सुरक्षाकर्मी खटाइने जानकारी दिए ।

चुनावलाई शन्तिपूर्णरुपमा सफल बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको छ । जिल्लाका ८१ वडामा एक सय ४४ मतदान स्थल र दुई सय ४९ मतदान केन्द्र छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार