ताप्लेजुङमा कांग्रेस–माओवादी तालमेल

नयाँ बुलन्द

ताप्लेजुङ : दोस्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा ताप्लेजुङको फुङ्लिङ नगरपालीकामा नेकपा माओवादि केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेपाली कंग्रेसलाई मेयर र माओवादि केन्द्रलाई उपमेयर पदमा उठाउने सहमति सहित दुई दल बिच चुनावि तालमेल भएको हो ।

शुक्रबार सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कंग्रेसबाट मेयरमा केसब प्रसाद दाहाल र उपमेयरमा माओवादि केन्द्रबाट बमबहादुर भट्टराई (तारा) लाई उठाई चुनावि मैदानमा जाने निर्णय सार्वजनिक गरेको हो ।

मेयर र उपमेयर बाहेक अन्य पद, वडा र गाउँपालीकाको विषयमा पनि दुई दल बिच छलफल भईरहेकाले बाँकि स्थानको निर्णय हुन केहि दिन लाग्ने नेपाली कांग्रेशका सचिव छबिरमण गुरुङले बताए । नगरपालीका भित्रैको वडाको पदाधिकारीमा दुई दलविच सहमति हुन नसक्दा नगरपालीका सहित गाउँपालीकाको तालमेलको टुङ्गो लाग्न नसकेको माओवादि स्रोतले बताएको छ ।

पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवारले चुनावि तालमेलमा पाटिहरु बिच जे सहमति भयो सोहि अनुसार आफुहरु नागरीक सामु जाने बताए । नेकपा एमालेबाट मेयरमा छत्रपति प्याकुरेललाई उठाएपछि कांग्रेस र माओवादि बिच चुनावि तालमेल भए पनि एमालेले अहिले सम्म कुनै दल सँग चुनावको लागि तालमेल गरेको छैन ।

नगरपालीकाको मेयर बाहेक अन्य पदको उम्मेदवार छनोट नगरेको एमाले पनि तालमेलकै तयारीमा रहेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । हाल सम्म माओवादि–कंग्रेस गठबन्धन, एमाले र लिम्बुवान बाहेक कसैले मेयरमा उम्मेदवार उठाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार