इलामका चार पत्रकार स्थानीय तह निर्वाचनमा भिड्दै

टीका खतिवडा

इलाम : करिव २० वर्षपछि हुुन लागेको स्थानिय तहको निर्वाचनमा सवै पेशा र ब्यवसाय अपनाएका मानिसहरुले उम्मेद्धारी दिने तयारी गरिरहेका छन् । सकृय रुपमा अध्यापन गर्राईरहेका शिक्षक, कर्मचारी अनी सञ्चारकर्मीले समेत उम्मेद्धारी दिन थालेपछि राजनीतिमा सवैको मोह हुँदो रहेछ भन्ने तथ्य बाहिर आएको छ ।

कहिँ कतै राजनीतिलाई फोहोरी खेल भनेर समेत भन्ने गरिन्छ, तर पनि त्यहि राजनीति गर्न सवै पेशा र ब्यवसाय अंगालेका मानिसहरु समेत लागि परेका छन् । राजनीति गर्नु भनेको नेतृत्व तहमा पुुग्नु अनी जनताको सेवा गर्नु पनि हो ।

आगामी असार १४ गते दोस्रो चरणमा स्थानिय तहको निर्वाचन हुुँदैछ । तीनवटा प्रदेशमा चुुनाव सकिएसँगै दोस्रो चरणमा निर्वाचन हुुने क्षेत्रमा निर्वाचन आयोगले चुुनावको तयारी समेत त्रि्र रुपमा अगाडी वढाएको वताउँदै आएको छ ।

इलाममा रहेर सकृय रुपमा सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी समेत यतिवेला जनताका घरघरमा मत माग्दै हिँडेका छन् । उनीहरु अन्य समयमा राजनीतिक दलको समाचार लेख्थे अनी जनताका कुरा सञ्चारमाध्यम मार्फ आम मानिस सामु पुुर्‍याउँथे । तर तिनै ब्यक्ति आफ्नो पक्षमा मत माग्न यतिवेला लागि परेका छन् ।

इलामको सामुदायिक रेडियो नेपालबाणी एफएममा कार्यरत संगिता थामीले माइजोगमाई नगरपालिका नगरपालिकाको उपमेयरमा उम्मेद्धारी दिने तयारी गरिरहेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रले उपाध्यक्षको उम्मेद्धार वनाएको हो । उनी सञ्चारमाध्यम सँगै कम जनसङख्या रहेको थामी समुुदायको समेत प्रतिनिधित्व गर्दै उम्मेद्धार बनेकी छन् ।

करिब एक हजार जनसंख्या रहेको थामी समुदायबाट माई जोगमाई गाउँपालिकाका लागि माओवादी केन्द्रबाट उपप्रमुखको टिकट हात पारेकी २५ वर्षीया युवती संगीता थामी अहिले जनताको मत माग्न घरदैलोमा व्यस्त छन् । रेडियो पत्रकारितामा दुर्इ वर्षो अनुभव बटुुलेकी थामी राननीतिमा उपप्रमुखको प्रतिस्पर्धामा होमिएकी छन् ।

राजनीतिमा आकर्षा भए पनि दलको झण्डा नै बोकेर कर्यकर्ताका रूपमा कहिल्यै नदेखिएकी उनी आदिवासी समुदायको हितका लागि सडकमा उठाएका एजेन्डा आफुु उठेको दलसँग मिलेकाले उम्मेद्धार बन्न स्वीकार गरेको उनको भनाई छ । जिम्मेवारी सँगै अवसर समेत आफुुमा आएको भन्दै सहज रुपमा पुुरा गर्ने उनले वताइन् ।

मानविकी संकायबाट एमएम पढ्दै गरेकी थामी एकाएक राजनीतिमा उत्रिएसँगै उनको चर्चा समेत चुलिएको छ । धेरै काम गर्ने जोस आफुुमा रहेको वताउने थामीले फोस्रा कुरा गर्ने तर काम नगर्ने धेरैलाई पछि पार्न समेत आफ्नो उम्मेद्धारी रहेको वताइन् ।
नेपाल थामी समाजकी जिल्ला उपाध्यक्षसमेत रहेकी थामीले अनुशासन र लगनशिलताकै कारण आफ्नो हातमा जित हातपर्ने दाबी गरिन् । थामी समुदायको आफ्नै भाषा, संस्कृति एवं पहिचान छ । पछिल्लो समय उक्त समुदायको पहिचान मेटाउने प्रयास भएको भन्दै तिनीहरुलाई जगर्ेना गर्न समेत आफुु लागि पर्ने उनको भनाई छ ।

अति सीमान्तकृत समुदायबाट अल्पसंख्यकको पहिचानमा सारेपछि सरकारले पनि अन्याय गरेको उनले बताइन् । इलामको माई जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा थामी समुदायको बसोवास छ ।

त्यस्तै जिल्लाको रोङ गाउँपालिका अध्यक्ष पदमा उम्मेद्धारी दिने तयारी गरिरहेका नवराज कट्टेल समेत पत्रकार नै हुुन् । विगत १२ वर्षेखी विराटनगरमा वसेर पत्रकारिता गर्दै आएका उनलाई नेकपा माओवादी केन्द्रले उम्मेद्धार वनाएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखामा दुई कार्यकाल सचिव समेत भइसकेको उनले वताए । जनताकै सेवा गर्न राजनीतिमा लागेको उनी वताउँछन् ।

इलाम नगरपालिका ५ मा वडा अध्यक्षका उम्मेद्धार ठाकुुर श्रेष्ठ समेत पत्रकार नै हुुन् । नेकपा एमालेका तर्फाट वडा अध्यक्षमा उठेका उनी नेपाल पत्रकार महासंघ इलामको साधारण सदस्य र इलाम पोष्टमा आवद्ध थिए । जिल्लाकै एक निजी विद्यालयमा शिक्षककै रुपमा अध्यापन गराउँदै आएका श्रेष्ठ पछिल्लो समयमा मानव अधिकार मञ्चमा समेत कार्यरत थिए ।

इनपा ५ का स्थानिय युुवाहरुले आग्रह गरेपछि सो पदमा आफुु उठ्ने निश्चित भएको उनको भनाई छ । पहिला आफुु रहेर नेतृत्व गरेका हरेक ठाउँहरुमा काम सफल भएको र यस पटक समेत उसै गरि नेतृत्व गर्न आफ्नो उम्मेद्धारी रहेको उनी वताउँछन् । युुवाहरुको चाहाना सम्वोधन गर्न अनी उनीहरुसँग नै सहकार्य गर्न ५ नम्वरबाट उनेको श्रेष्ठले वताए ।

उता रेडियो फिक्कलमा कार्यरत तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य जय र्राईले समेत सुुर्योदय नगरपालिका वडा नम्वर नौ का वडा सदस्य पदमा उम्मेद्धारी दिने तयारी गरिरहेका छन् । उनी टोलको विकास गर्न र युुवाहरुलाई सकृय राख्न समेत आफ्नो उम्मेद्धारी रहेको वताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार