नयाँ बुलन्द
इलाम : इलाम सदरमुकामको चोकबजारमा दलहरुले नेपालको राष्ट्रियताको धज्जी उडाएको भन्दै एक युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
इलाम नगरपालिका ६ निवासी मुकेश शिवाले दलहरुका नेतालाई राष्ट्रको कुनै मायाँ नभएको आफ्नो दलको मात्र माया भएकोले देशको र राष्ट्रियताको लागि नेपालको राष्ट्रिय झण्डा आफुले चोक बजारमा पाटीको झण्डा भन्दा माथी फहराएको वताए ।
इलाम चोकवजारमा दलहरुले निर्वान आचारसहिंताको ख्याल सम्म नगरीकन अफ्ना ठूला ठूला झण्डाहरु राखेका छन् । निर्वचन कार्यालयको आँखा अगाडी यस्तो गतिविधि हुँदा पनि निर्वाचन कार्यालय मौन वसेको छ ।
इलामका र्सार्वजनिक स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पार्टी झण्डाहरु प्रसस्त राखिएको छ । यसको विरुधमा मुकेश शिवाले उठाएको यो कदमलाई निर्वाचन कार्यालयले कुन रुपमा लिने हो हेर्न बाँकी नै छ ।