नरेन इलामेली
माइजोगमाई : सन्दकपुर महिला बहुउद्देशिय सहकारी संस्थाको आयोजना तथा माइजोगमाई गाउँपालिकाको सहयोगमा इलामको माइजोगमाईमा पाँच दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।
सन्दकपुर बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष पुनम गुरुङको अध्यक्षता तथा माइजोगमाई गाउँपालिकाका कार्यकारी अधकृत तोपलाल भुषालको प्रमुख आथित्यतामा तालिम उद्घाटन भएको थियो ।
सहकारीको लेखा व्यवस्थित गर्ने, सदस्य तथा कर्मचारीलाई दक्ष बनाउने, संस्थाको आर्थिक विवरणलाई सहकारी ऐन नियम र मसपदण्ड बमोजिम सुसुचित ढङ्गले संचालन गराउने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
तालिममा विभिन्न सहकारी संस्थाका २५ जना प्रतिनिधी सहभागी छन् । माइजोगमाई गाउँपालिका वडा नम्बर १ को सभाहलमा संचालन भइरहेको तालिमलाई सन्तोष श्रेष्ठ र विशाल लिम्बूले सहजिकरण गरिरहेका छन् ।