प्रेमेजुङमा आगलागी

नयाँ बुलन्द

माइजोगमाई : ईलामको माइजोगमाइ गाउपालिका-१ प्रेमेजुङमा आगलागी भएको छ  ।

आगलागीबाट करिब एक लाख मुल्य बराबरको क्षति भएको छ।  दिउसो १२ बजे बिद्युत सर्ट भई स्थानिय खड्ग बहादुर खड्काको घरमा आगलागी भएको हो । आगलागीबाट घरको एउटा कोठा पूर्ण रुपमा छ्यती भएको छ भने आगलागिमा नगद ४४ हजार रुपैया साथै अन्य उपयोगी कागज पत्र, लत्ताकपडा जलेर नस्ट भएको खडग बहादुरका छोरा बिनु खडकाले जानकारी दिए ।

स्थानीयको सहयोगमा आगोलाई २० मिनेट पछी नियन्त्रणमा लिएकोले ठुलो छ्यती हुन नपाएको खड्काको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार