नयाँ बुलन्द
इलाम : आसन्न स्थानीय तहको निर्वाचनको प्रचारका लागि राजनितिक दल एवम् स्वतन्त्र उम्मेद्वारहरुले टोपी, झोला, टिर्सट जस्ता सांकेतिक सामाग्रीहरु प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले क्षेत्रीय निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेद्वार वा राजनितिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला जस्ता सांकेतिक सामाग्रीहरुको प्रयोग गर्न विक्री गर्न वा प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ ।
यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३ मा मौन अवधीमा मात्र यस्ता सामाग्रीहरुको प्रयोग, विक्रीवितरण वा प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालय इलामले संचारकर्मी, राजनितिक दलका प्रतिनिधी एवम् सुरक्षा निकायसँग अन्तरक्रिया गर्दै आगामी जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा रुपमा सम्पन्न गर्न आ-आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।