काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रचण्डले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा घोषणा गर्दै प्रमले भने, ‘ नेपाली कांग्रेसस“ग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु । सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र
उटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहा“बाट सिधै सम्माननीय राष्ट्रपतिकहा“ गएर आफ्नो राजीनामा पेश गर्दैछु ।
उनले राष्ट्रिय एकता र सहमतिका निमित्त आफ्नो प्रयास निरन्तर जारी रहने रहने समेत प्रतिबद्धता जनाए ।
उनी गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचति भएका थिए भए आफ्नो कार्यकालमा ऐतिहासिक स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्ने महत्वपूर्ण कार्यभार पूरा गरेका थिए ।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो कार्यकाल सफल भएको भन्दै १० महिनाको बीचमा संधिवान कार्यान्वयनको दिशामा मुलुक अघि बढेको भन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचन गराउन सकेकोमा सन्तोष ब्यक्त गरे ।
उनले सबै आशंका र अवरोधलाई चिर्दै स्थानीय तह निर्वाचन गर्न सरकार सकेको भन्दै चुनावमा कसले जित्यो र कसले हार्यो भन्नेमा ठूलो विषय नभएको बताए ।
उनले निर्वाचनमा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यावाद समेत ज्ञापन गरे ।
प्रचण्डको सम्बोधनका मुख्य बुँदा यस्ता छन्
–उर्जा क्षेत्रमा गरेका नीतिगत निर्णयले नेपाल लोडेडिङमुक्त गर्न सकेको र विद्युत निर्यातको अवस्थामा पुगेको छ ।
– शान्ति प्रकृयमा महत्वपुर्ण निर्णय भएको छ ।
–५२ जनालाई शहिद घोषणा गरिएको छ । घाइते बेपत्तालाई राहात प्रदान गरिएको छ ।
–महिलालगायत विभिन्न आयोगको लागि विधेयक संसदमा पुगेका छन् ।
–प्रत्येक प्रदेशमा उच्च अदालत स्थापना ।
–भुकम्प पीडितलाई राहात वितरण प्रभावकारी बनाइयो । समग्रमा उनीहरुलाई आठ लाखसम्मको प्याकेज ल्याइएको छ । कृषि क्षेत्रमा सुपर जोन कार्यक्रम काम सूरु भइसकेको छ ।
– सरकार फास्टट्रयाक, वानवेल्ट वान रोडमाथि नियोजित प्रचार गर्नेलाई जवाफ दिन सफल भएको छ।
–हुलाकीमार्ग निर्वाण तिव्र, काकाकुल राजधानीबासीले मेलम्ची पाउने भएका छन् ।
–१३ स्थानमा मेघासिटिको कार्यप्ररम्भ भएको छ । राष्ट्रिय गौरवका योजना सुचारु हुने
भएका छन् ।
–१३ खर्ब ५१ करोडको लगानी आउने भएको छ । वित्तिय क्षेत्रको सुधार गर्न बाफिया ऐन पारित ।
–शिक्षा क्षेत्रमा पनि महत्वपुर्ण निर्णय भएका छन् । जनस्वास्थ्य क्षेत्रमा सार्वजनिक सुधार भएका छन् । जटिल किसिमका रोगको उपचार र स्वास्थ्य विमा स्वीकृत भैसकेको छ ।
– एकीकृत पुर्वाधार स्वास्थ्य कार्यक्रम सूरु हुन लागेको छ ।
– सामाजिक स्वास्थ्य विमा क्रमश बढाउदै लेजाने
–प्रहरी र सेनाका असपतालमा सर्वसाधारणले सेवा पाउने व्यवस्था मिलाइएको छ । बैदेशीक रोजगार विमा बढाइएको छ, २७ लाख पुर्याएको छ ।
–गरिवका लागि सरकार संकल्प अनुसार बसोबास आयोग र गरिव परिचयपत्रको व्यवस्था मिलाइएको छ । भुमिहिनलाई परिचयपत्रको व्यवस्था गरिएको छ । दलित अधिकार उच्चस्तरिय समिति गठन भएको छ ।
–यातायातमा अनलाईन सेवा प्रभावकारी बनाइएको छ ।
–औषधि लिमिटेड संचालन गर्न सकिएको छ ।
–सिमाक्षेत्र कार्यक्रम थप १२ जिल्लामा विस्तार भएको छ ।
– पेट्रोलका लागि ग्लोवल टेण्डरको प्रकृया सूरु भएको छ ।
–छिमेकीबीचको सम्बन्धमा सामान्यीकरण र सुधार गरिएको छ, सन्तुलित बनाएको छ ।
–भारत चीन लगायतका मित्र राष्ट्रसँगको सम्बन्ध सुधार भएको छ ।
–१२ सय मेघावाटको बुढि गण्डकी बनाउन चिनियाँ कम्पनिलाई दिइएको छ ।