इलाममा दलहरु धमाधम उम्मेद्वार छनौटमा गर्दै

सुजता सुनुवार

इलाम दोस्रो चरणको चुनावका लागि उम्मेद्वार छनौट गर्न राजनीतिक दल व्यस्त भएका छन् ।

माओवादी केन्द्रले भने जिल्लाका चारवटा नगपालिकामा मेयर र उपमेयरका उम्मेद्वार छनौट गरिसकेको छ । माओवादी केन्द्रले इलाम नगरपालिकाको मेयरमा छविलाल आचार्य र उपमेयरमा प्रेमकुमारी गुरुङ, देउमाई नगरपालिकाको मेयरमा रामकुमार र्राई र उपमेयरमा शान्ता बस्नेतलाई चयन गरिसकेको माओवादी केन्द्र प्रचारप्रसार विभागका प्रमुख जीवन शर्माले जानकारी दिए ।

यस्तै सुर्योदयन नगरपालिकाको मेयरमा खविराज र्राई र उपमेयरमा टिका घिमिरे र माइ नगरपालिकाको मेयरमा भक्त लुङ्गेली र उपमेयरमा रञ्जना थापालाई चनौट गरिएको शर्माले जानकारी दिए । एमालेले जिल्लाका ८१ वटै वडामा अध्यक्ष र सदस्य छनौट गरिसकेको छ । सबै वडा अध्यक्ष र सदस्यको उम्मेद्वारी घोषण गरेपनि नगरपालिकाको मेयर र उपमेयरको नाम भने प्रदेश कमिटीले टुङ्गो लगाउने एमालेले जनाएको छ ।

नेपाली कांग्रेसको पनि उम्मेद्वारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेद्वार छनौट गरिसकेको कांग्रेसले १२ गतेभित्र उम्मेद्वार टुङ्गो लगाउने कांग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिनुभयो ।दोस्रो चरणको चुनावका लागि इलाममा १७ दलले निर्वाचन आयोगमा दर्ता गराएको भएपनि चुनावमा भने ९ दलले भात्र भाग लिदैछन् । इलामामा चार नगरपालिका र ६ गाउँपालिकामा ८१ वडा छन्  । जसमा चार सय नौ जना जनप्रतिनिधि छनौट हुनेछन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार