दुर्इ पार्टीको संयुक्त उम्मेदवार

मेयरमा भण्डारी र उपमेयरमा लिम्बू उठ्ने

नयाँ बुलन्द

मोरङ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीलले आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर उम्मेद्वारी दिने भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा संयुक्त रुपमा ‘हातले समातेको मसाल’ चुनाब चिन्ह प्रयोग गरी उम्मेदवारी दिने भएको हो । दुइ पार्टीले पत्रकार सम्मेलन गर्दै मेयरमा नयाँ शक्तिको तर्फाट देबराज भण्डारी र उपमेयरमा संघीयको तर्फबाट खिममाया लिम्बूलाई उठाउने भएको जनाएको छ ।

भण्डारी नयाँ शक्तिका प्रदेश नं. १ को सहसंयोजक र लिम्बू समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समितिका सदस्य हुन् । उम्मेदवार भण्डारीले नगरको न्याय, समानता, समावेशी, विकास तथा समृद्धिका लागि संयुक्त रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

संघीय समाजवादी फोरम, लिम्बुवान प्रदेश समितिका सचिवालय सदस्य प्रेम वनेमको संयोजकत्वमा निर्वाचन संयन्त्र गठन गरी सबै उम्मेदवारको ठुङ्गो लगाउने भएको छ । समितिको सदस्यमा संघीयबाट काजी र्राई, बालकुमार तामाङ, चन्द्रकुमार तामाङ र फिपराज बेघा र नयाँ शक्तिबाट रोशन खरेल, नेत्रप्रसाद दाहाल, लालबहादुर भण्डारी, अशोक शंकर र तारा दवाडी रहेका छन् ।

जेठ ८ गते उम्मेदवारी घोषणा सभा गरी नाम र्सार्वजनिक गर्ने समितिले स्वतन्त्र उम्मेदवारसहित अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्ने पनि बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार