सिङलप्पामा देवस्थल

युद्धबहादुर बोहोरा

इलाम : इलामको देउमाइ नगरपालिका-५ सिङलप्पामा देवस्थलको उत्पति भएको छ ।

प्रसिद्ध धार्मिक स्थल गजुरमुखी देवस्थलधामदेखि करिब ९ किलोमिटर माथि देउमाइखोलाको किनार सिङलप्पास्थित सात तले घाटमा स्थानीय एक व्यक्तिले सपनामा देखेपछि उत्खनन गर्न जाँदा विभिन्न देवीदेवताका आकृति भएका शिलाहरु भेट्टाइएका छन् ।

२०७३ फाल्गुन २२ गते स्थानीय धनबहादुर कार्कीलाई राती सपनामा आफ्न पितृहरुले त्यस ठाँउमा देवीदेवताहरु अलपत्र परेर बसेका छन् तिमीहरू गएर संरक्षण गर्नु भनेर संकेत गरेको र दुई दिन पश्चात साथीहरू लिएर खोलाबगरमा खन्दा गणेश भगवानको मुर्ती र वासुकी नागको चित्र भएको शिला पत्थर भेट्टाएको र एक सय मिटर नजिकै रहेको गुफामा राखी फल्गुण २८ गते देउमाइ-४ धामीगुरु शिखरबाबा (टंक खनाल) को सहयोगमा अन्य शिलाहरु जट्टेश्वर महादेव, कार्तिकेश्वर महादेव, कछुवेश्वर महादेव, कोलधारी महादेव, शिवलिङ्ग, ज्योतिर्लिङ्ग, चक्र भेटिएको छ ।

खेलबहादुर डाँगीको अध्यक्षमा मन्दिर निर्माण समिति तयार गरि स्थानीय सहयोग नौ लाख ५० हजार रुपैयाँ जुटाएर गुफामा मन्दिर निर्माण गरिएको छ । बैशाख ३० गते शिखर बाबाको प्रमुख अतिथ्यमा मन्दिर उद्घाटन समेत गरिएको थियो ।

यस मन्दिरमा विहान बेलुका उत्खननकर्ता धनबहादुर धामी तथा पुजारीको रुपमा पुजापाठ गर्दै आएका छन् । एक अनौठो चमत्कार देखापरेको खबर सुनेपछि मन्दिर र यहाँ भेटिट्एका देवी देवताका शिला पत्थर हेर्न दिनहुँ भक्तजनको भिडभाड लाग्ने गरेको बताइएको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार