एमाले इलामले तय गर्‍यो ८१ वडाका उम्मेद्वार

नयाँ बुलन्द

इलाम : आसन्‍न जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी इलामले वडा उम्मेद्वारको नामावली सार्वजनिक गरेको छ ।

नेकपा एमालेले पार्टीकार्यालयमा पत्रकार भेटघाट आयोजना गरी इलामका १० स्थानीय तहका केही र ८१ वटा वडाका उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो ।

स्थानीय तहमध्ये देउमाई नगरपालिकामा प्रमुख पदमा सुर्य पोख्रेल र उपप्रमुखमा पवीमाया राईको नाम सार्वजनिक गरेको छ । त्यस्तै सन्दकपुर गाउँपालिकामा अध्यक्ष पदमा उदय राई र उपाध्यक्षमा शोभा पराजुलीलाई अघि सारेको छ । माङ्सेबुङ गाउँपालिकामा अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङ्हाङलाई अघि सार्ने निर्णय भएको पार्टी जिल्ला अध्यक्ष राम रानाले जानकारी दिए ।

इलाम नगरपालिकामा प्रमुखमामा महेश बस्नेतलाई अघि सार्ने निर्णय भएको जनाइएको छ । उपप्रमुखमा प्रदेश कमिटीले नामावलीको टुङ्गो लगाउने छ । साथै बाँकी रहेका गाउँपालिका तथा नगरपालिकामा समेत प्रदेश कमिटीले नै नामावलीको टुङ्गो लगाउने निर्णय भएको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

जिल्ला कमिटीलाई वडा अध्यक्ष र सदस्यहरुको मात्र नामावली टुङ्गो लगाउने अधिकार भए बमोजिम नै नामावली टुङ्गो लगाइएको पनि पत्रकारहरुसँगको कुराकानीमा प्रस्ट पारिएको थियो । बाँकी रहेका पदमा प्रदेश कमिटीले आगामी जेठ ९ गते सम्ममा सवै नामावली बाहिर ल्याइ सक्ने समेत जानकारी गराइएको छ ।

एमाले इलामले धेरै वडाहरुमा सर्वसहम्मत उम्मेद्वारहरुको टुङ्गो लगाए पनि केही वडाहरुमा निर्वाचन प्रक्रियाबाट नै नामालवीको टुङ्गो लगाएको एमाले इलामले जानकारी दिएको छ  ।

कुन समुदायबाट कति प्रतिशत सहभागिता ?

जातीय हिसाबले समेत सन्तुलन गरेर नामावली टुङ्गो लगाइएको एमाले इलामले जानकारी दिएको छ । एमालेले ब्राहृमण क्षेत्री समुदायबाट ८० पुरुष र ५२ महिलालाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । जुन इलामको हकमा २९ दशमलव ४७ प्रतिशत प्रतिनिधित्व गराइएको छ । आदिवासी जनजाती १५३ पुरुष र ६० महिलालाई उम्मेद्वार बनाइएको छ । प्रतिशतका आधारमा जुन नतिजा ५३ दशमलव १२ प्रतिशत हुन जान्छ । दलित तर्फ ५ पुरुष र ८१ महिलाको नाम अघि सारिएको छ । जुन २९.४५ प्रतिशत हुने जनाइएको छ । जिल्लाबाट उठ्ने उम्मेद्वारमध्ये २ सय ३८ पुरुष र १ सय ६३ महिला छन् ।

कोको छन् त जिल्ला कमिटीले टुङ्गो लगाएको सूचिमा ?  

इलाम नगरपालिका वडा नम्वर १ मा अम्विका गौतम, २ मा नारद लम्साल, ३ मा पृथसिह सुनवार, ४ मा श्यामकमल मुखिया, ५ मा ठाकुर श्रेष्ठ, ६ मा माधव भट्टराई, ७ मा सुमन श्रेष्ठ, ८ मा तिलक ठकुरीको उम्मेद्वारी सार्वजनिक गरेको हो । त्यसै गरी वडा नम्बर ९ मा श्यामकृष्ण घिमिरे, १० मा रोमबहादुर मगर, ११ मा नरबहादुर मगर र १२ मा चक्रबहादुर लिङदमको उम्मेद्वारी रहेको छ ।

सुर्योदय नगरपालिका वडा नम्बर १ मा दिपेश राई, २ मा चन्द्रकुमार सुव्बा, ३ मा होमबहादुर कार्की, ४ मा मधुसुदन लामिछाने, ५ मा प्रेमबहादुर तामाङ रहेका छन् । वडा नम्बर ६ मा शिवकुमार बस्नेत, ७ मा डिल्ली घले, ८ मा सुवास राई, ९ मा देवेन्द्र शर्मा, १० मा पेमा उर्गेन लामा, ११ मा टेकबहादुर राई, १२ मा डोलेन्द्र भारद्धाज, १३ मा हेमराज आचार्य र १४ मा मुना राईको उम्मेद्वारी सार्वजनिक गरिएको हो ।

त्यसै गरी देउमाइ नगरपालिका वडा नम्बर १ मा मिनराज श्रेष्ठ, २ मा अर्जुन खनाल, ३ मा दावा तामाङ, ४ मा भिमलाल खनाल, देवेन्द्र लिम्बू, ६ मा भगिरथ राईको उम्मेद्वारी रहेको छ । वडा नम्बर ७ मा हरिबाला राई, ८ चन्द्र मगर र ९ मा प्रेमसागर बराल रहेका छन् ।

माइ नगरपालिका वडा नम्बर १ मा पदमबहादुर फागो, २ मा खम्बसिँह लिम्बू, ३ मा डिकबहादुर राई, ४ मा सुर्यप्रसाद दुलाल, ५ मा गम्भिरबहादुर तामाङको उम्मेद्वारी रहेको छ । त्यसैगरी ६ मा मुखराज आङदाम्बे, ७ मा रामप्रसाद सदेम्बा, ८ मा भक्तबहादुर आङदेम्बे, मा लिला राई र १० मा मोहनसिंह पौडेलको उम्मेद्वारी रहेको छ ।

फाकफोकथुम गाँउपालिका वडा नम्बर १ मा वेगबहादुर निरौला, २ मा पदमबहादुर तामाङ, ३ मा गुरुभक्त लामिछाने, ४ मा हरि दंगाली, ५ मा सिद्धमान आले, ६ मा टंकनाथ खनाल र ७ मा लोकबहादुर गोदार रहेका छन् ।

चुलाचुली गाँउपालिकाको वडा नम्बर १ मा उद्धव ओझा, २ मा रनबहादुर लिम्बु, ३ मा जनक कोइराला, ४ मा कालिदास भट्टर्राई, ५ मा चन्द्रकुमार थापा र ६ मा हेमन्त र्राईको उम्मेद्धवारी रहने नेकपा एमाललेले पत्रकार भेटघाटमा जानकारी गरायो ।

त्यसै गरी माइजोगमाइ गाँउपालिकाको वडा नम्बर १ मा याम कार्की, २ मा अम्बर थामी, ३ मा विरबहादुर देवान, ४ मा गणेश राई, ५ मा दाताराम संजेल र ६ मा भुवानीप्रसाद लिङदमको उम्मेद्धारी रहेको छ ।

माङसेवुङ गाँउपालिकाको वडा नम्बर १ मा लक्ष्मीप्रसाद लिम्बू, २ मा कृष्णबहादुर बस्नेत, ३ मा मैतराज राई, ४ मा अमृतबहादुर राई, ५ मा देवीकुमार लिम्बु र ६ मा किरणकुमार राई को उम्मेद्वारी रहेको छ ।

त्यस्तै रोङ गाँउपालिकाको वडा नम्बर १ मा बुद्ध ढकाल, २ मा टंक अधिकारी, ३ मा खड्ग आले, ४ मा रनबहादुर गुरुङ, ५ मा युवराज खाप्तुवा र ६ मा चन्द्रमणी राईको उम्मेद्वारी एमालेले तय गरको छ ।

त्यस्तै सन्दकपुर गाँउपालिका वडा नम्बर १ मा देउबहादुर गुरुङ, २ मा गिरिराज खनाल, ३ मा कृष्ण पाठक, ४ मा वर्तमान गुरुङ र ५ मा जितबहादुर साँवाको उम्मेद्वारी तय भएको छ ।

नेकपा एमाललेले तय गरेका उम्मेद्वारमध्ये ब्राहमण क्षेत्री समुदायबाट ८० पुरुष र २२ महिला, आदिवासी जनजातीबाट १६० पुरुष र ६० महिला तथा दलित समुदायबाट ५ पुरुष र ८१ महिलाको उम्मेद्धारी सार्वजनिक गरेको छ ।

एमालेले इलाम नगरपालिका वडा नम्बर ३ मा संघीय समाजवादी फोरमलाई महिला सदस्य तथा माओवादी केन्द्रलाई दलित महिला सदस्य र १ जना खुला सदस्य दिने भएको छ । त्यस्तै माइ नगरपालिका वडा नम्बर १० को १ जना खुल्ला सदस्यमा राप्रपा नेपाललाई दिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार