निर्माणाधीन पुलका कारण पुरानो पुल संकटमा

तरकारी संकलन केन्द्र भत्कियो

नयाँ बुलन्द

इलाम : सोमबारदेखि परेको अविरल झरीसहित आएको भेलका कारण मेची राजमार्ग अर्न्तगत पुवाखोलामा रहेको पक्की पुल संकटमा परेको छ । निर्माणाधिन नयाँ पुलमा पानी थुनिएर दायाँतर्फ भेल मोडिँदा पुल संकटमा परेको छ भने तरकारी संकलन केन्द्रको भवन भत्किएको स्थानियले जानकारी दिएका छन् ।

इलाम नगरपालिका ४ मा रहेको सो पुल संकटमा पर्दा पुवा पश्चिमका जनतामा निराशा छाएको छ । पुरानो पुलको बिकल्पमा निर्माण गरिँदै आएको नयाँ पुलका कारण समस्या उत्पन्न भएको स्थानिय वासिन्दा बताउँछन् ।

सयौँको संख्यामा ठूला तथा साना गाडी ओहोर दोहोर गर्ने पुल संकटमा परेका कारण आफुहरुमा समेत संकट छाएको स्थानिय बताउँछन् । तरकारी संकलन केन्द्र भनेर बनाइएको भवन हाल जे काममा प्रयोग गर्ने लक्षका साथ बनाइएको थियो त्यो हुन सकेको थिएन । तर हाल त्यस भवनमा पुल निर्माण कार्यमा खटेका कर्मचारी नै बस्दै आएका थिए । पुल निर्माण कार्यमा प्रयोग गरिने रड र सिमेन्ट समेत त्यसै भवनमा राखिएको जनाइएको थियो ।

स्थानिय नुतनदेव दुलालका अनुसार अचानक आएको वाडी (भेल) ले पुलमा क्षति पुर्‍याएको हो ।सोमबार दिउँसो २ वजेबाट सुरु झरी करिव ४ घण्टासम्म परेको थियो । झरी सहित आएको बाडी (भेल) ले पुलको दायाँतर्फको जग नै खोलेको र पिलर नै भत्काउने अवस्थामा पुर्‍याएको दुलालले वताए । उनले भने, ‘हाल जती क्षती गर्‍यो त्यसमा भन्दा पनि आगामी दिनमा अझ पानी थपिने र भेल सहितको बाडीले अझ क्षति वड्ने चिन्ता छाएको छ ।’

प्राप्त जानकारी अनुसार निर्माणाधिन पुल गत बैशाखमा नै निर्माण भइसक्नुपर्ने भएपनि पुल निर्माण नहुँदा क्षति वढेको वताइएको छ ।

पुल निर्माणकार्यमा स्थानियले समेत सहयोग गर्दै आए पनि निर्माण कम्पनीले ढिलाइ गरेको स्थानिय वताउँछन् । बाडीले पुल निर्माणकार्यमा प्रयोग हुने सिमेन्ट र रड समेत वगाएर लगेको जनाइएको छ । त्यस पुल निर्माणमा ढिलाइ गरिए बर्खा सिजन समेत आएको र आगामी दिनमा आउने बाडीले थप समस्या उत्पन्न गराउने निश्चित देखिएको छ ।

पुलमा थप समस्या आए पुवा पश्चिम इलामका वासिन्दा सहित पाँचथर र ताप्लेजुङका वासिन्दाको दैनिक उपभोग्य वस्तु, औसधि उपचारमा समेत संकट पैदा गर्ने निश्चित छ । सम्वन्धित निकायको ध्यान बेलैमा त्यसतर्फनगए सो को जिम्मेवार कस्ले लिने भनी स्थानियवासिले प्रश्न तेर्स्याउन थालिसकेका छन् । त्यसैले त्यसतर्फ पनि आँखा फर्काउन जरुर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार