महिला नेतृत्व विकास तालिम सुरु

नयाँ बुलन्द

इभाङ्ग : महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम इलामको माङसेबुङ गाउँपालिका-३ इभाङमा सुरु भएको छ ।

जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको सहयोगमा महिला सञ्जाल समिति इभाङको आयोजनामा तालिम सुरु भएको हो । तालिममा साविक इभाङ्ग गाउँ विकास समितिका २० बढि महिलाको सहभागिता रहेको छ ।

कार्यक्रममा नेतृत्व विकास, महिलाका क्षेत्रमा प्रवाह हुने सार्वजनिक सेवा र महिलाको भूमिका, सशक्तिकरण, घरलु र महिला हिंसा, महिला लक्षित कार्यक्रम र योजना तर्जुमा, स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता लगायतका विषयमा छलफल भइरहेको छ । तालिमको सहजीकरण जिल्ला समन्वय समिति इलामका सामाजिक विकास अधिकृत राम योङहाङ र सहजकर्ता ऋषिलाल न्यौपानेले गरिरहेका छन् ।

चतुरेस्थति नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा सुरु भएको तालिमको उद्घाटन महिला सञ्जाल समिति इभाङ्गका अध्यक्ष राममाया लिम्बू (राइ) को अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार