नयाँ बुलन्द
गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीमा आयोजित तीन दिने आधुनिक मौरीपालन व्यवसायिक तालिम बुधबार सकिएको छ ।
जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय गोदावरी आमा समूहको आयोजनामा भएकव तालिममा २ पुरुष सहित १७ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत राम योङहाङ र सहजकर्ता ऋषि न्यौपानेले सहजीकरण गरेका थिए । गोदावरी आमा समूहमा आवद्ध महिलाहरुलाई मौरीपालन व्यवसायमा संलग्न गरी आयआर्जनमा सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष हिमादेवी थापाले जानकारी दिइन् ।
आमा समूहकी अध्यक्ष हिमादेवि थापाको अध्यक्षतामा भएको तालिम समापन समारोहका सहभागीहरुले आफूहरु व्यवसायिक मौरीपालन गरी जीविकोपार्जन सुधारमा लाग्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सामाजिक विकास अधिकृत योङहाङले जिल्ला समन्वय समितिका तर्फबाट गोदावारी आमा समूहलाई मौरीपालनका लागि आवश्यक सामग्री र प्रमाणपत्र हस्तान्तरण गरे । सहजकर्ता ऋषिलाल न्यौपानेले सिकेका कुरा व्यवहारिक जीवनमा लागू गर्न अनुरोध गरेका थिए ।