विविसी हाङखिम
सन्दकपुर : सन्दकपुर गाउपालिका-२ माइमझुवा टोड्केमा टोल स्तरीय जारी खुला नकआउट फुटबल खेलमा मंगलबार पनि ३ खेलहरु सम्पन्न भएका छन् ।
खेलमा तमु बोइज एफसी, माइमझुवा एफसी र सनराइज स्पोर्टिङ क्ल्ब बिजयी बनेका छन् । पहिलो खेलमा
सदाबहार माइपातललाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्दै तमु बोइज अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
दोस्रो खेलमा आयोजक टिम र माइमझुवा एफसी ३-३ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा ५-४ गोलले माइमझुवा एफसी विजेता बन्यो ।
हेल्लो जस्बिरे र सनराइज स्पोर्टिङ क्ल्ब बि बिच भएको अन्तिम खेलमा ३-१ ले सनराइज स्पोर्टिङ
क्लब विजयी बन्यो । बुधबार हुने पहिलो खेलमा बान्दुङ रारहाङ टिम र सनराइज स्पोर्टिङ क्ल्ब बिच बिच हुनेछ । बिजेता टिम बिच फाइनल समेत सोही दिन हुनेछ ।