नयाँ बुलन्द
गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीमा तीन दिने आधुनिक मौरीपालन व्यवसायिक तालिम सोमबार सुरु भएको छ ।
जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय गोदावरी आमा समूहको आयोजनामा तालिम सुरु भएको हो ।
तालिममा स्थानीय १५ जनाको सहभागिता रहेको छ । तालिममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत राम योङहाङ र सहजकर्ता ऋषि न्यौपानेले सहजीकरण गरिरहेका छन् ।
गोदावरी आमा समूहमा आवद्ध महिलाहरुलाई मौरीपालन व्यवसायमा संलग्न गरी आयआर्जनमा सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष हिमादेवी थापाले बताइन् ।
अध्यक्ष थापाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नम्बर १ का वडा सचिव लक्षमण ढुङगेल, सामाजिक विकास अधिकृत योङहाङ र सहजकर्ता न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विना थेवे र स्वागत सुनिता निरौलाले गरेकी थिइन् ।