
इलाम : राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको स्मरणमा देश तथा विदेशमा ८६ औँ विश्व समाज सुधार दिवश विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदै छ ।
आज दिन नेपालको ताप्लेजुङ, इलाम, झापा, तेहथुम, धनकुटा, संखुवासभा, काठमाण्डौ, ललितपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनादै छ । विश्वका विभिन्न राष्ट्रहरू बेलायत, अमेरिका, हङकङ, भारत, बर्मा, भूटानमा पनि समाज सुधार दिवश मनाईदै छ ।
लिङ्देनले सत्य धर्म मुचुल्कामा दाईजो प्रथा अन्त्य, छोराछोरीलाई समान अधिकार, भाषा लिपीको संरक्षण, धर्मसंस्कारको ग्रहण, शिक्षा लिनेदिने, बली प्रथाको अन्त्य, विश्व मानव एकता लगायतका समाज सुधार उल्लेख गरेका छन् ।
सत्य धर्म मुचुल्का १० लिम्बु १७ थूमका प्रतिनीधिलाई भेला गरी सत्य धर्म मुचुल्का १९८८ साल बैशाक २४ गते अर्थात आजकै दिन घोषणा गरेका थिए ।
राष्ट्रिय विभूती तथा महागुरु फाल्गुनन्द लिङ्देनको स्मरणमा विश्व समाज सुधार दिवश मनाई रहँदा, किराती समुदायभित्र सुधारको चुनौतिहरू प्रसस्त भएको किरात धर्मावलम्बीहरु बताउँछन् ।
किरात धर्मका महागुरुका रुपमा मानिदै आएको लिङ्देनको भूमिका कितात धर्म प्रचारप्रसार र विकासमा अतुलनीय छ ।