खगेन्द्र माखिमलाई कारवाही गर्न माग

नयाँ बुलन्द

इलाम : संघीय लिम्बुवान पार्टी, नेपाल जिल्ला समिति इलामले पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमको समूहलाई कारवाही गर्न केन्द्रिय समिति समक्ष माग गरेको छ ।

आइतबार जिल्ला समितिको तर्फबाट अध्यक्ष डम्बर लोरिनदेनले एक प्रेस विज्ञप्ती जारी गर्दै तथाकथित पार्टीको केन्द्रीय समितिको बैठक भनि भेला बोलाउने र त्यसमा जम्मा हुने बिचौलीया समुहहरूलाई कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

‘यस्ता अराजक तवरले तथाकथित पार्टीको केन्द्रीय समितिको बैठक भनि भेला बोलाउने र त्यसमा जम्मा हुने बिचौलीया समुहहरूलाई अविलम्ब कारवाही प्रकृया अगाढी बढाउन संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रिय समितिलाई अनुरोध समेत गर्दछौं’ जिल्ला अध्यक्ष डम्बर लोरिन्देनद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

जिल्ला समिति इलामले खगेन्द्र माखिम समूहको सो बैठकलाई विचौलिया, दलाल एवं आत्मासमपर्णवादी गुटका नाइकेहरूले भेलाको आरोप लगाउँदै तथाकथित चौथो केन्द्रीय समितिको बैठक बसेको भनि भइरहेको होहल्लाको पछि लगाग्न कार्यकर्तालाई आग्रह समेत गरेको छ । उसले केन्द्रिय समितिमा नरहेकाहरुको भेलालाई केन्द्रिय समितिको बैठक भनी गलत प्रचार गरिएको बताएको छ ।

विज्ञप्तीमा पार्टीका सहअध्यक्ष माखिमले दमकमा राखेको बैठक आफूलाई अर्को पार्टीमा विक्री गर्नका लागि रचिएको नौटङ्की मात्र रहेको उल्लेख गरेको छ । लिम्बुवानको आन्दोलनमा रहेका विचौलिया, दलाल एवं आत्मासमपर्णवादीहरूलाई निषेध नगरी संघीय लिम्बुवान पार्टी, नेपालको नेतृत्वमा लिम्बुवान राज्य स्थापनाको आन्दोलन निर्णायकतर्फ नजाने जिल्ला समितिको ठहर रहेको विज्ञप्तीमा जनाइएको छ ।

माखिम समूहले शनिबार झापाको दमकमा चौथो केन्द्रिय समितिको बैठक राखेर अध्यक्ष सञ्जुहाङ पालुङवालाई ६ महिना पार्टीबाट निलम्बन र महासचिव सूर्यबहादुर माखिम बर्खास्त गर्दै सहअध्यक्ष खगेन्द्र माखिमलाई अध्यक्षको जिम्मा दिएको थियो ।

सहअध्यक्ष माखिमले पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवा र महासचिव सूर्य माखिमले ‘नेपाल इण्डिजिनियस पार्टी’ गठन गर्न लागेकाले पार्टीको बहुमत सदस्यको बैठकले कारवाही गरेको प्रतिक्रिया दिए ।

यसअघि अध्यक्ष सञ्जुहाङ पालुङवा र महासचिव सूर्य माखिमले पार्टीका अर्का महासचिव प्रेमदिप थाम्सुहाङलाई कारवाही गरेको विज्ञप्ती निकालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार