नयाँ बुलन्द
माबु : सङ्घीय समाजवादी फोरम माबुको एकताको प्रथम गाउँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशलने मणीकुमार राईको अध्यक्षतामा नयाँ गाउँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा कुलवीर गुरुङ, सचिवमा कृष्ण गुरुङ, सहसचिवमा विक्रम गुरुङ र कोषाध्यक्षमा मानसिङ राई निर्वाचित भएका छन् ।
सदस्यहरुमा इन्द्र फागो, सिद्धि गुरुङ, शेखर मगर, मदन राई, इन्द्रमणी खनाल, गुन्जबहादुर गुरुङ लगायत रहेका छन् ।
सङ्घीय समाजवादी फोरम माबुका निवर्तमान अध्यक्ष दलबहादुर लिम्बूको अध्यक्षता र जिल्ला अध्यक्ष देवेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष डिवी गुरुङ, छिकीन तामाङ, संजय राई, टिबी गुरुङ, प्रताप राई लगायतले मन्तब्य राखेका थिए । स्वगत मन्तब्य शिघधोज गुरुङले राखेका थिए ।