एमालेको वडा अध्यक्ष उम्मेद्वार सार्वजनिक

नेकपा एमाले चुलाचुली गाउँपालिकाका लागि ६ वटै वडाका अध्यक्षका उम्मेद्वारहरु । तस्विर : चेतन आङथुपो

चेतन आङथुपो

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका-१ मा नेकपा एमालेको चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्धघाटन कार्यक्रम सम्पन भएको छ ।

कार्यालय उद्घाटनको अवसरमा एमालेले गाउँपालिका वडा उम्मेदवारहरूको नामवली सार्वजनिक गरेको छ । एमालेले चुलाचुली गाउँपालिका वडा नम्बर १ बाट उद्धव ओेझा, २ बाट रणबहालुर लिम्बू, ३ बाट जनक काईराला, ४ बाट कालिप्रसाद भट्टराई, ५ बाट चन्द्र थापा र ६ हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

पार्टीमा धेरै आकांक्षीहरू रहेपनि एमालेले गाउँपालिका अध्यक्ष उम्मेदवारको लागि ओमनारायण खनाल, प्रदीप राई र नारायण लावतीको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ । उपाध्यक्षमा भने निर्मला दाहाल, मिना राई, गिता भट्टराईको नाम चर्चामा रहेको छ ।

यहि महिना गाउँपालिका अध्यक्षको टुंगो लाग्ने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार