बजार अनुगमन सुरु

युद्धबहादुर बोहोरा

पञ्चमी : पाँचथर क्षेत्र नम्बर २ अन्तर्गत इलामसँग जोडिएका बजारहरुमा अनुगमनको कार्य सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय पाँचथरका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतको नेतृत्वमा पाँचथर/इलाम मा रहेका घुर्बिसे पञ्चमी बजार, पुरानो पञ्चमी, देउराली र राँके बजारको अनुगमन भएको छ ।

बजारमा बिक्री वितरण भइरहेका अखाद्य,  मापदण्ड विहिन, मिति समाप्त भएका खानेकुराहरुलाई नियन्त्रण गर्ने उदेश्यका साथ जिल्ला स्वास्थ कार्यलय पाँचथरका प्रतिनिधि तेजबहादुर तुम्बापो, गुरुप्रसाद सापकोटा, प्रशासन विभागका नासु प्रकाश अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च पाँचथरका सचिव तुम्याहाङ्ग नेम्बाङ लगायतका टोलीले अनुगमन गरेको हो

अनुगमनका क्रममा भेटिएका अखाद्य, मिति समाप्त र मापदण्ड विहिन खानेकुराहरुलाई सार्वजनिकरुपमा नष्ट तथा नियन्त्रण गरिएको उपभोक्ता मञ्च सचिव तुम्याहाङ्ग नेम्बाङले जानकारी दिए ।

इलाका प्रहरी कार्यलय फाक्तेप र चिलिङ्देनको संयुक्त उपस्थितिमा अनुगमन गरिएको र अबदेखि कुनै पनि मापदण्ड विहिन खानेकुराहरु बिक्रि वितरण नगर्न हुन व्यापारी वर्गलाई सूचना गरिएको साथै गरेको पाइएमा कानुन बमोजिम कडा कार्वाही गरिने समेत सुचित गरिएको टोलिमा संलग्न सचिव नेम्वाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार