प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

नयाँ बुलन्द

काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार साँझ नै काममा फर्किएकी छन् ।

सर्वोच्चका न्यायाधीश चालेन्द्रशम्शेर जबराको इजलासले शुक्रबार महाअभियोगको प्रक्रिया अघि नबढाउन र कार्कीलाई काममा र्फकन आदेश दिएको थियो । सुुरुमा सर्वोच्च प्रशासनले कार्की आइतबार मात्र काममा फर्कने बताएको थियो ।

तर, प्रधानन्यायाधीश कार्की अबेर अदालतमा उपस्थित भएर हाजिर गरेकी छन् । ‘सर्वोच्चले आजै काममा र्फकनु भएकाले उहाँ आएर हाजिर गर्नुभयो र केही प्रशासनिक निर्णय पनि गर्नु भएको छ’ सहायक प्रवक्ता पुष्पराज पौडेलले भने ।

प्रधानन्यायाधीश कार्कीले न्यायिक काम भने आइतबारबाट गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार