महिलाहरु उम्मेद्वारमा सक्षम

नयाँ बुलन्द

इलाम : स्थानीय तहको निर्वाचनमा महिलाहरु प्रमुख पदमा उम्मेदवार दिन सक्षम भएपनि आर्थिक, सामाजिक अवरोधले गर्दा उठ्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

अहिलेको समयमा महिला पनि पुरुष जस्तै नेतृत्व गर्न सक्षम भएपनि घरायसी तथा बिभिन्न समस्याले गर्दा पछि पर्नु परेको कार्यक्रमका महिला सहभागीले बताएका हुन् ।

शुक्रबार इलाम सदरमुकाममा आयोजित राजनीतिमा महिला सहभागिता, निर्वाचन, तथा निर्णायक तहमा महिला सहभागिता बिषयक एक कार्यक्रमका एक सहभागीले यस्तो बताएका हुन् ।

मानवअधिकार मञ्च नेपालइ लामले आयोजना गरेको कार्यक्रममा अधिकांश महिलाहरुले महिलाहरुले स्थानीय तहको निर्वाचनमा उठ्नका लागि पार्टी, घर परिवार साथै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका राजेन्द्र शर्मा, एमालेका जिल्ला उपाध्यक्ष भक्त केसी, माओबादी केन्द्रका इन्चार्ज धिरेन्द्र शर्मा रमण, राप्रपाका धनबहादुर थापा, संघीय समाजवादी फोरमका बखतबहादुर आङदाम्बे लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष मोहनसिंह थेवेले गरेका थिए ।

कार्यक्रममा अधिवक्ता जेबी लुङगेलीले राजनीतिमा महिला, निर्वाचन तथा निर्णायक तहमा महिला सहभागिता शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार