नेता तथा कार्यकर्ता अभियान रोकेर बसे

सुजता सुनुवार

इलाम : स्थानीय तहको चुनाव सरेपछि इलाममा भोट माग्न हिडेका नेता तथा कार्यकर्ता चुनावी अभियान रोकेर वसेका छन् ।

बैसाख ३१ गते चुनाव हुने आशामा चुनावी अभियानलाई त्रि्र बनाएका दलहरु अहिले निष्क्रिय भएका छन् । चुनाव सर्नु अघि सम्पूर्ण दलहरु उम्मेद्धार दर्ताका लागि अन्तिम चरणमा पुगेका थिए ।

जिल्लामा क्रियाशिल दलहरुमध्ये नेकपा एमालेले ५७ वडामा उम्मेद्धार छनौट गरिसकेको एमालेका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङ्गले जानकारी दिए ।नेपाली कांग्रेस भने उम्मेद्धार छनोटको काम नसकिएकोले उम्मेद्धार छनोटका लागि आन्तरिक गृहकार्यमा जुटेको छ ।

चुनावको मिति सरे पछि भने चुनावको लागी उम्मेद्धार छनौट गर्ने कार्य आन्तरिक छलफलमा मात्र सिमित रहेको राप्रपा जिल्ला अध्यक्ष तथा प्रचार विभाग प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

संघीय समाजवादी फोरम जिल्ला सचिव तथा प्रचार विभागका प्रमुख याम लिम्बुका अनुसार संविधान संसोधन भएर मात्र चुनाव गर्ने भन्ने माग पार्टीको भएकाले विगतमा पनि उम्मेद्धार छनौट गर्ने गतिविधिमा नलागेको चुनावको मिति सरेपछि त झन सिङ्गो नगरपालिका र गाउँपालिका नै मौन बसेको छ ।

इलाममा १७ दलले दर्ता गराए पनि नौ वटा दलहरुले मात्र चुनावको टिकट पाएको जिल्ला निर्वाञ्चन समिति इलामका प्रमुख प्रेम काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार