पाँचथरमा २४ वटा हतियार संकलन

नयाँ बुलन्द

पाँचथर : पाँचथरमा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरेपनि २४ जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थानीय तहको निर्बाचन तयारी सुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि यत्तिका हतियार संकलन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्यांकमा घरमा जिल्लाका बि-भिन्न स्थानका ६३ जनाले हतियार राख्ने इजाजत पाएका छन् ।

पछिल्लो पटक सार्वजनिक सूचना गरिए पश्चात २४ जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुमा हतियार बुझाएको प्रहरी नायब उपरिक्षक नकुल पोखरेलले जानकारी दिए ।

इजाजत लिएर बिभिन्न व्यक्तिहरुले राखेका ६३ मध्ये २४ वटा हालै प्रहरीमा संकलन भएका छन् । अन्य हतियारको अवस्थाको बारेमा प्रहरी प्रसाशन समेत अनविज्ञ छ ।

पहिचान हुन नसकेका ३४ मध्येपनि १३ जना जिल्लाबाट बसार्ँइ सर्राई गरेर अन्यत्रगएको बताइएको छ । यद्वपी उनीहरु कहाँ बर्साई सरे भन्ने तथ्यांक प्रहरीसँग पनि छैन । यस्तै २ जनाको मृत्यू भइसकेको छ । यद्वपी मृत्यु भएकाका आफन्तले ती हतियार आफुहरुसँग नरहेको प्रतिकृया दिने गरेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार