नयाँ बुलन्द
पाँचथर : पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ का सन्तोष बेघा रहेका छन् । सोही ठाउँका मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिए ।
फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।