केही दिन अगाडि लखनपुरवासी एक मित्रसंग बाटोमा भेट भयो । एकअर्काको हालखबर सोधा–सोध भएपछि प्रसंग स्थानी चुनावको माहोल बारे जोडिन पुग्यो । उनले भन्यो–हाम्रो गाउँमा सिंगो एमाले पार्टी समर्थन गर्ने छन । भोट पनि सुर्य चिहनमा लाउँदै आएका छन ।
पंक्तिकारको आपती किन ? उनले भने, –यसपटक पुल लाइदिएर । उनले लगत्तै भने,–थोर बहुत भौतिक विकास त हुँदै आईरहेकै हो, तर यसपटक लिम्बूवान पार्टीलाई भोट लाउने मन छ, हामीलाई अब हक अधिकार र पहिचानको खाँचो छ । यी युवाको बुझाई र सोचले पनि हामी यहाँ प्रष्ट देखिन्छौँ ।
लिम्बूवान क्षेत्रिय स्तरमा राजनीतिक गरेकोे देखिए पनि यस पार्टीको एजेन्डा ठुला पार्टीको तुलनामा दर्बिलो छ । लिम्बूवान पार्टी एेतिहासिक भूगोलको पृष्ठभूमि र पहिचानको आधारमा राजनीतिक गरिरहेछ, तर यसलाई जातिय पार्टी भनेर जनतामा उल्टो भ्रम फैलाउने ठूला पार्टी प्रतिनिधिहरू बाट भएको छ, यसो किन गरिन्दैछ ? पार्टी साना–ठूला भएनी त्यसले उठाएको एजेन्डा जनताको लागि साझा हुन ।
पंक्तिकारको दृष्टिमा चुलाचुली राजनीतिक एजेन्डा र नेतृत्वमा अत्यन्तै कम्जोरी देखिन्छ । सपै भन्दा कम्जोरी ठूला पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा पार्टी नेतृत्वमा इमान्दारी नेताको अभाव देखिनु हो । पार्टी योगदान र अनुभवले भने बहुसंख्यक अब्बल छन ।
राजनीतिक संघर्षमा स्थापित बन्दैँ आउने क्रममा रहेको संघिय लिम्बूवान पार्टी नेपालको नेतृत्वमा केही नेताहरू क्षमतावन, इमानदार र योग्य भिजन भएका देखिन्छन, रै पनि जनताले युवाहरूको क्षमतालाई स्वीकारन चाहेका छैंनन्, कारण यति हो लिम्बूवान पार्टी केन्द्रीय स्तरमा पौँवच नभएको पार्टी भनेर बुझिरहेका छन् ।
अर्कोतिर युवा परिपक्व र अनुभव छैंन भनिरहेका छन । यदि परिपक्व र अनुभवकै कुरामा जोड गर्ने हो भने यो कुरा स्वीकारन आश्यक छ ।
३०–३२ बर्ष देखि मुल पार्टीमा रहेको कांग्रेस, एमालेका अग्रजहरूले जनतालाई के विकास दियो त ? हामीलाई शक्ति चाहिएको भए शक्ति भएका पार्टी र नेताले आजसम्म चार पस्ताले जीवन गुजारा गरिरहेको समाज र समुदायलाई के गरयो ? देशभर ठूला-ठूला आन्दोलन गरिएको एेतिहासमा प्राण गुमाएका कार्यकर्ताका परिवार र समुदायमा के गरियो ? पार्टीको नाममा सक्ता टिकाउन र सहिद घोषण गर्नु मात्र यो देशका लागि परिवर्तन भो भन्नु मिल्दैन ।
समग्रमा ठूला पार्टीले गरेका विकास र काम गर्व गर्ने लाएक छन । कुरो यति हो । कुनै पनि पार्टीले शक्तिको भरमा गाउँ राजनीतिक अर्थात फोहरी गर्नु भएन । जनताले स्थानीय तहको हक अधिकार सुनिश्चित गर्न पाउनु पर्छ, यसमा कुनै पार्टीको दवाव हुनु हुँदैन ।
चरित्रमा खोट परेका ठूला पार्टी र शक्तिका पौँवचको भ्रम फैलाउने फिष्टे नेताहरूले विकासको आशवश्वन दिएर २० बर्षपछि सिंहदरबारबाट फर्किएको ७५ प्रतिशत स्थानीय अधिकार पाउनबाट जनतालाई पंगु नबनायोस् । जनता आफै सक्षम छन ।
पार्टीको सिद्धान्त र एजेन्डा छुट्याउन सक्छन । पार्टी र नेताहरूको चरित्रको राम्रो र नराम्रो गुण बुझने भएका छन । राम्रो , सक्षम र इमानदारी नेतृत्व जनता सम्म पुग्नबाट अवरोध नगरियोस् । सदियौं देखि जनतालाई झुक्याउन पल्किएका सिमसिमे महाराजा प्रवृतिका नेतृत्वमा भएका जो कोहीले नारदको भुमिका नखेलौ । हामीमा सक्दैनौँ भने, आकांक्षी भएर पद र सुविधाको लागि जोड नगरौं ।
हामी असल नेतृत्व गर्छौं भने, हामी असल र इमान्दार बन्छौं भने, हाम्रो समुदायमा क्षमता, योग्यता, पारदर्शिता, सक्षम नेतृत्व गर्ने सक्ने युवाहरूलाई अगाडि बढ्ने हौसला र समर्थक बन्न सकौँ ।
पंक्तिकार जनसमुदायमा विश्वास लिन्छ, आजसम्म राजनीतिकले जीवन्त रहन किन सकेन ? कारण एउटै हो, जनतालाई पार्टीका स्वार्थले आफ्नो निर्णय लिन कहिल्यै मौका दिएनन् ।
चुलाचुलीगाउँपालिका ७२ प्रतिशत राई, लिम्बू मात्र भएको ठाउँ हो । यो आधारले हेर्दा पनि चुलाचुली लिम्बूवान पार्टीको बर्चस्व क्षेत्र हो । चाजु खोलालाई सिमांकन मानेर वारिपारी राजनीतिकको एजेन्डा गाउँपालिकालाई लिएर राजनीतिक गर्ने नेताहरूले बुझनु पर्ने दिन आएको छ । तामाङ, मगर, धिमाल, कुमाल, नेवार, शिल्पी, अल्पसंख्या जातिहरूले पहिचानको समर्थन गरे मात्र तीन पटक निर्वाचन क्षेत्र जितेर विकासमा मौन रहने सुवासचन्द्र नेम्वाङ ,एमाले र कांग्रेस गाउँ नेताहरू कहाँ पुग्छन् ?
एक बृद्ध अवस्थाकी आमाले भनी, –काग्रेसलाई भोट कति लाउनु, ठाउँ नसर्ने रूखमुनी छायाँ दिन्छ, चुर्यमा के लाउनु पोल्छ, ओस परेका केही कुरा सप्रिन्दैन, पन्दा है, पिनिवाहरूले नाप्तैन किन लाउनु, आपो लिम्बूवानलाई लाऔँ भान्छु, मेरो बुढोलाइनी भन्छु,यसले हाम्रो आधिकार दिन्छ रे कांग्रेसका कठोर कार्यकर्ता स्वयमले एमालेलाई भोट हाल्छन्, एमालेलेको कठोर कार्यकर्ता स्वयमले कांग्रेसलाई भोट हाल्छन, यस्तो किन हुन्छ ? जातिय भोट त्यहि दिन हुन्छ, टोले भोट त्यहि दिन हुन्छ । जुन दिन भोट हुन्छ । विश्ववस कहि छैन । जनता आफै निर्णय हुन ।
एक बाले भन्यो, –पानी भन्दा पनियालो कुरा हुन्छ, अहिले विश्वस लिन सकिनन्, भोट कसले कहाँ लाउँछन् । चुलाचुली राजनीतिक एजेन्डा र नेतृत्वमा अझै कुनै पनि पार्टी र नेता प्रष्ट नरहेकाले चुलाचुली गाउँपालिका जनताहरूले आजसम्म विकास र हक अधिकारबाट बञ्चित हुन परेको छ ।
ठूला–साना पार्टी नभनी संम्भावना भएको स्थानीयकरण नेतृत्व गर्ने सक्षम र योग्य नेतालाई जिताउन शिक्षित युवाहरूले जिम्मेवार भुमिका खेल्ने दिन आएको छ ।