राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

नयाँ बुलन्द

काठमाडौ : भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्किएकी छिन् । उनलाई स्वागत गर्न प्रधानमन्त्री, उपराष्ट्रपति लगायत मन्त्रीहरु त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल गएका थिए ।

भारतमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । भेटमा भारतीय पक्षले नेपालको संविधान कार्यान्वयन र स्थानीय तहको चुनावको विषयमा चासो देखाएका थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी गएको सोमबार नयाँ दिल्ली गएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार