नयाँ बुलन्द
काठमाडौं : निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो ।
वैठकको निर्णयअनुसार, मतदान स्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । जसअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ ।