नरेन इलामेली
माइजोगमाई : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावि माहोल पनि तातिदै छ । गाउँगाउँमा उम्मेद्वार चयनको क्रम बढिरहेको छ ।
यसै क्रममा नेपाली कांग्रेस वडा कार्यसमिति माइजोगमाई ५ सोयाङले पनि उम्मेद्वार हरु सिफारिस गरेको छ । नेपाली कांग्रेस वडा कार्यसमिति का सभापति नरेन्द्र खत्रीको सभापतित्व तथा नेपाली कांग्रेस गाउँ समन्वय समितिका सभापति मदन कुमार भण्डारीको बिशेष आतिथ्यतामा बसेको बैठकले वडाका लागि सम्पुर्ण पदका उम्मेद्वार हरु सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा दलित महिला सदस्यमा कल्पना सुन्दास महिला सदस्यमा रञ्जना तामाङ, तथा खुल्ला सदस्यमा राजेन्द्र गुरुङ र राधा पोखरेलको नाम सर्वसहम्मत रुपमा सिफारिस गरिएको हो ।
वडाको अध्यक्ष पदमा भने वेदप्रसाद चापागाईँ र वेदप्रसाद संजेलको उम्मेद्वारी परेकोले गाउँ समन्वय समिति मार्फत टुङ्गो लगाउने बताईए छ ।