पत्रकार महासंघ पाँचथर अध्यक्षमा लवदेव

नयाँ बुलन्द

पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आठौं जिल्ला अधिवेशनबाट लवदेव ढुंगाना सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनले सबै पदहरु सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा विजयवोध लाओती, समावेशी उपाध्यक्षमा सरला रेग्मी, सचिव तुलसिं क्षितिज, खुला सहसचिव जंग तामाङ, समावेशी सहसचिव सन्देश सुब्बा र कोषाध्यक्षमा भीमकुमार बाँस्कोटा निर्वाचित भएका छन् ।

सदस्यहरुमा भवानी तावा, खबिन लुइटेल, एकराज भण्डारी, छविरमण चपागाईं तुलशा राई, देविका योङ्हाङ, लक्ष्मी लिम्बू र सहमान शंकर निर्वाचित भएका छन् ।

प्रदेश पार्षदमा कृष्ण ओझा, लेखनाथ खतिवडा, वीपेन्द्र गौतम, सगुन सुसारा, राधा लुइटेल, जीतेन्द्र भण्डारी, घनेन्द्र केरुङ र सेसेहाङ लाओती निर्वाचित भए ।

केन्द्रीय पार्षदहरुमा लक्ष्मी गौतम, नारायण तुम्बापो, गिरिराज बाँस्कोटा, भकेन्द्र लाओती, युधिष्ठिरराज आमगाई, रविन्द्र  काफ्ले र शान्ति राई निर्वाचित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार