लिम्बुवानबाट चलाचुलीमा भूपेन्द्र योङ्या उम्मेद्वार

चेतन आङथुपो

चुलाचुली : संघीय लिम्बुवान पार्टी, नेपालले चुलाचुली गाउँपालिकामा स्थानीय तह निर्वाचन उपयोगको लागि व्यापक रूपमा अगुवा कार्यकर्ताहरुबीच प्रशिक्षण सहित औपचारिक रूपमा उम्मेद्वारी घोषणा सुरु गरिएको छ ।

स्थानीय तह निर्वाचनको उपयोगको लागि भन्दै संघीय लिम्बुवान पार्टी नेपालबाट चुलाचुली गाउँपालिकाको अध्यक्षमा भुपेन्द्र योङ्या सर्वसम्मत उम्मेद्वार चयन भएका छन् ।

चुलाचुली-२ को अध्यक्षमा लिला लावती, सदस्यहरुमा मणिकुमार इधिङ्गो र  कुमार बिस्वकर्मा उम्मेद्वारी चुनिएका छन । चुलाचुली-३ मा हाइजन आङ्थुपो अध्यक्षमा र हर्कमगर, अमृत देवान र राधा वर्देवा उम्मेदवारीमा सिफारिस भएका छन् । वडा नम्बर ४ का लागि अध्यक्ष उम्मेद्वार चेतन आङ्गथुपो  र सद्स्यहरुमा रामकुमार जोगी चयन भएका छन् ।बाँकी रहेको वडाहरुमा ११ गते भित्र वडा उम्मेदवार चयन गर्ने र थप सदस्य चुन्ने निर्णय गरेको जनाइएको छ ।

चुलाचुलीमा स्थानीय तह चुनाव प्रचारप्रसारको लागि इन्चार्ज नरेश माङ्गमुको संयोजकत्वमा ४५ सदस्यीय प्रचारप्रसार समिती गठन गरिएको छ । त्यस्तै पहिचानवादीहरु पार्टीहरुबीचको राजनितिक संवादको लागि केन्द्रीय सदस्य शरणहाङ जबेगुको संयोजकत्वमा १३ सदस्यीय वार्ता समिती समेत गठन गरिएको छ ।

संघीय लिम्बूवान पार्टीको केन्द्रीय महासचिव प्रेमदीप थामसुहाङ स्थानीय तह निर्वाचन बहिष्कार नगरी २५० वर्षदेखि पछिपरेको पहिचानको अधिकार प्राप्ति गर्ने गरी स्वतन्त्र चुनाव चिन्हमा भएपनी लिम्बूवानको एक छापे मत उपयोग गरेर जाने बताए ।

कार्यक्रम संघीय लिम्बूवान पार्टी, नेपाल गाउँपालिका कार्य समिति अध्यक्ष अमृत देवानको संयोजकत्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार