
विविसी हाङखिम
सन्दकपुर : नेकपा एमाले वडा कमिटि सन्दकपुर गाउँपालिका-२ ले आगामी स्थानीय निर्वाचका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
वडा किमिटिले सो गाउँपालिकाको अध्यक्षका लागि उदय राई र उपाध्यक्षका लागि शोभा पराजुलीलाई सर्बसम्मत सिफारिस गरेको छ । त्यस्तै वडा अध्यक्षमा गिरिराज खनाल, सदस्यहरुमा अमृत राई र बमबहादुर गुरुङ, महिला सदस्यमा कृष्णमाया गुरुङ र दलित महिला सदस्यमा गोमन विश्वकर्मालाई सीफारिस गरेको छ ।
त्यस्तै क्षेत्रीय कमिटी सदस्य दिलिप राईको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार सअमिति समेत गठन गरेको छ ।
कार्यक्रम नेकपा एमाले गाउँ (साविक माइमझुवा) कमिटी अध्यक्ष गिरिराज खनालको अध्यक्षतामा र जिल्ला सचिवालय सदस्य उदय राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।





















































