मतदाता नामावली सार्वजनिक (तपाईंको नाम त छुटेन ! )

नयाँ बुलन्द

काठमाडौं : निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।  ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।

यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली आयोगले वेवसाइटमा राखेको हो ।

आयोगले वेवसाइटमा राखेको नाम हेर्न यहाँ जानुहोस् 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार