विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान

नयाँ बुलन्द

इलाम : विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन भएको छ । स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दलहरुलाई सचेत गराउने उद्देश्यले समिति गठन गरिएको हो । समितिका संयोजकमा प्रकाश अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा करुणा फाउण्डेशनका अजित योञ्जन, मानव अधिकार मञ्चका योगराज सापकोटा, इन्सेकका सुरेश पोर्तेल, नामसालिङ सामुदायिक विकास केन्द्रका अमर देवान, सुनगाभा विकास संस्थाका दुर्गादेवी फुयाँल, गैसस महासंघका शशिदेवी घिमिरे, जिल्ला बाल सञ्जालका अध्यक्ष प्रवेश रिजाल, महिला कल्याण समाजका पशुपति भट्टराई, पत्रकार कोकिला ढकाल र ख्याम भुजेल, प्यागका भीम संगम कार्की र अपाङ्ग महासंघका हेमराज अधिकारी रहेका छन् ।

समितिले निर्वाचनमा बालबालिकाको प्रयोग, विद्यालयमा चुनावी कार्यक्रम आयोजना र अपाङ्गतामैत्री मतदान केन्द्रका विषयमा निग्रानी गर्ने जनाइएको छ । समितिले निग्रानी अघि जिल्ला स्थित दलहरु र जिल्ला निर्वाचन  कार्यालयलाई सचेत गराउँदै ध्यानाकर्षणपत्र दिने संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार