सरस्वतिको अभिभावक भेला

विविसी हाङखिम

सन्दकपुर : सन्दकपुर गाउँपालिका-२ माइमझुवा स्थित सरस्वती आधारभुत विद्यालयमा शनिबार अभिभावक अन्तक्रिर्या कार्यक्रम सम्पन्न  भएको छ ।

कार्यक्रममा आगामी शैक्षिक सत्र २०७४ सालदेखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने र त्यसका लागि एक जना निजि शिक्षक नियुक्ति गर्ने निर्णय भएको छ । नर्सरी देखि १ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय भएको प्रधानाध्यापक देशलाल राईले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कमान राईको अध्यक्षतामा भएको कार्यक्रममा ६० जना अभिभावकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार