सासु भत्ताले साँघु निर्माण

विविसी हाङ्खिम

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका-२  माइमझुवा (साबिक माइमझुवा-४) का एक वृद्धले आफ्नो सामाजिक पुरक्षा भत्ता सामिजक काममा लगानी गरेका छन् ।

८७ वर्षीय धनपती हाङ्खिम राई (लामा कान्छा) ले आफूले पाएको भत्ताले गाउँमा काठको साँघु निर्माण गरिदिएका हुन् । राईले साबिकको माइमझुवा वडा नम्बर ४ र ५ जोड्ने ‍गीताङ्ग खोलामा ८ महिनाको बृद्धभता लगानी गरेर साँघु निर्माण गरेका हुन् ।

साँघु निर्माणका लागि वडा नम्बर ३, ४ र ५ का स्थानीय बासिन्दाले साँघु निर्माण गर्न सहयोग गरेका थिए । साँघु निर्माणका लागि काठ स्थानीय छान्तालुङ सामुदायिक वनले उपलब्ध गराएको थियो ।

वर्खा याममा स्थानीयलाई आवतजावत गर्न समस्या हुने भएकाले आफ्नै लगानीमा साँघु निर्माण गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार