आज सम्म कुनै पनि पार्टीलाई भोट नखसालेको युवा खेलाडी चन्द्रबहादुर राई (३४) चुलाचुली गाउँपालिका-४ इलाम निबासी हुन् । स्थानीय तहको चुनाव नजिदैं गर्दा गाउँमा युवाहरूको चहलपहल जताततै देखिन थालेपछि, उनी भन्छन् ‘भोट लिने केही नदिने नेताहरूको नियत रहेकोले पार्टी मन पर्दैन ।’ शक्ति र सामर्थ्यको आश्वासनमा युवाहरूलाई पेट्रोल र पकेट मनीमा प्रयोग गर्ने त्यहि युवालाई साह्रो गाह्रो पर्दा केही गर्ने नचाहने नेताहरूलाई फेरि भोट लगाउनु भनेको पार्टीलाई उचाल्नु हो भन्छन उनी । युवाले आफ्नै भविष्यमाथि घात गर्नु हो, अरेको राजनीतिक गर्ने पाका नेता, पार्टी भन्दा सक्षम युवाप्रति भोट समर्पित हुनुपर्ने देखिन्छ । किनभने आइटीको समय हो, प्रविधि सपै पुराना र पाकाहरूको पौंचमा हुन नसक्ने भएकोले युवा नेतृत्वलाई मतदाताहरूले प्राथमिकतामा राख्नुपर्ने उनको बुझाई छ ।
उनी आफै भन्छन, ‘म आफू कुनै पनि पार्टीको समर्थक नभएकोले स्थानीय चुनावबारे बुझ्न पनि चाहँदिन ।’ खेलकुदलाई नै पेसा र जीवन मान्दै आएका चन्द्रबहादुरले कहिल्यै विदेश जाने मन गरेनन् । विदेसमा बसेर आउने साथीहरूको नाजुक स्थितिले उनको मन नै मर्ने गर्दथ्यो । आफ्नै देश र ठाउँमा मेहनत गरे जे पनि गर्न सकिने सोंच चन्द्रबहादुरमा यसरी परिवर्तन हुन पुग्यो । उनको परिवार नै लाहुरे खानदान हो । उनलाई ब्रिटिस सेनामा भर्ती जाने सपनाको पहाडले चुलाई रह्ययो । त्यो समय एसएलसी पास भएपछि ब्रिटिस भर्ती हुन योग्यता काफि थियो ।
धरान, पोखराका टुडिखेलमा दौडन, छाति, कम्मर नाप्पन उनको लागि पानी पँधेरा जस्तै हन पुग्यो । तर उनी धेरै पटकको प्रयासमा पनि लाहुरे बन्न सकेनन् । बरू खर्च ले जिर्ण बनाउँदै थियो । उनले भारतीय र नेपाली सेनामा समेत भर्ती हुन मन गरेनन् । झापाको दमक-१० देवकोटा चोक आसपास उनका बाबुले “सेपी नुडल्स” फ्याक्टी संचालन गर्दथे । परिवारलाई केही समय त्यही काममा सहयोग गर्यो । २२ वर्षसम्म फ्याक्ट्री चल्यो, परिवारमा दाजुभाइ लाखापाख हुन थालेपछि बन्द गर्नु बाध्य भयो । बाबु-आमा गाउँमा फर्किए । बाबुले उनलाई भने खेलकुद प्रतिको इच्छाशक्ति ले झापाको दमकमा राख्यो ।
चन्द्रबहादुरलाई बाल्यकालको नोस्टालिजले आफुले के गर्ने निर्णयमा पुर्यायो । १२ वर्षको हुँदा गाउँमा अग्रज खेलाडी कमिक राईले सितोरियो कराते प्रशिक्षण गराउँदा प्रशिकक्षार्थीलाई जुदाउने, कराउन लाउने खेलको दृश्य उनले खेतको र कान्लामा बसेर हेरेका थिए । उनलाई खेल के होला ? खत्रा नै होला भन्ने सोंच बढ्न थालेपछि, खेलकुदप्रति इच्छाशक्ति बढ्न थाल्यो । सितोरियो करातेका भुपु गुरु सम्बन्धले काका पर्ने झापाका राम चाम्लिङसँग भेट हुन पुग्यो । उनकै सल्लाह र सहयोगमा २०५४ सालतिर गाउँबाट चौधरी साइकल हाकेर दमकमा सितोरियो करातेका प्रशिक्षण लिन १२ मिनेटमा पुग्ने गर्थे । खेल खेल्दै जादा सन् २००० तिर ब्लेक बेलट गरे, सन् २००७ मा थ्रि डान बने, सन् २००९ मा ए ग्रेड रेफ्री बने, नेपालमा राष्ट्रियस्तरका सितोरियो करातेका रेफ्री भएर काम गर्ने सफल बने ।
यही समयको बीचमा उनले १७ वर्ष “दमक डोजो” मा प्रशिक्षण गराएको थियो । उनले प्रशिक्षण गराएका दर्जन बढी खेलाडीले राष्ट्रिय, अन्तरराष्टिय देशका सितोरियो कराते खेलमा च्याम्पेन, स्वर्ण, पदक जितेका छन् । यतिवेला फ्रो डान क्यानिडेट बनेका चन्द्रबहादुर भन्छन्, ‘फ्रो डान पूरा खेल गर्न विदेश जानुलाई खर्च धेरै लाग्छ, आफूमा शरिरको वजन वढेकाले त्यसमा पनि सम्भव छैन ।’
नेपाल र भारतका दार्जिलिङ, दिल्ली, सिकिम लगायत विभिन्न ठाउँमा पदक जितिसकेका उनी तीन वर्ष यता गाउँमा रहेर नयाँ पुस्तालाई खेल र खेलको राष्ट्रिय नारा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रयको लागि खेलकुद’ जुनै उमेरकाले दैनिकी १ घण्टा पसिना आउने गरि कसरत गरे खुसी र स्वास्थ्य रहेर जीवन बाँच्न सकिने सन्देश दिईरहेका छन् ।
हाल गाउँमा २५ जना प्रशिकक्षार्थीलाई प्रशिक्षण गराईरहेका चन्द्रबहादुर भन्छन्, ‘खेल नै जिन्दगी हो, त्यसैले आउने पुस्तालाई खेलबाट नाम उच्च राख्न र स्वास्थ्य रहनकै लागि खेलमा प्रेरित गराईरहेको छु ।’ खेलमा आर्थिक शुन्य हुने भएपछि आर्थिक क्रान्ति ल्याउन उनले ५ लाख लगानीमा टर्की चरा पालन र हाम्रो पसल नामको किराना पसलमा आफ्नो लगनशीलता खर्चिरहेका छन् ।
उनका पसलमा उपभोक्त लाई चाँहिने उपभोग्य सामानहरू पाईने भएकाले उनको पसललाई गाउँमा मिनी डिपार्टमेन्ट भन्ने गरेका छन् । मिठो हँसाई, मन सफा र लगनशील युवा खेलाडी चन्द्रबहादुरले जस्तै स्थानीय चुनाव जनताकै हितमा काम गर्ने स्वच्छ छवि, पारदर्शी काम गर्ने युवालाई पार्टी, जाति र नेता भन्दा माथि राखेर मतदान गर्ने हो की ?