नयाँ वर्षमा रंगमञ्चको विशेष कार्यक्रम

चेतन आङथुपो

चुलाचुली : गाउँमा रहेर रंगमञ्च क्षेत्रमा काम गर्दै आएको नाट्‍य संस्था चुलाचुली रंगमञ्चले नयाँ वर्ष २०७४ मा ‘गाउँमा पुस्तकालय तथा नृत्यकार्यशाला उत्घाटन-२०७४’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘ग्रामीण सौन्दर्यको खोजी’ नारा रहेको चुलाचुली रंगमञ्चले वैशाख १ गते उद्घाटन साथै शुभकामना आदानप्रदान हुने र सिर्जनशील क्षेत्रमा काम गरिरहेको स्रष्टाहरूको भेला गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष रंगकर्मी मानहाङ लावतीले जानकारी दिए ।

एक दशकदेखि गाउँमा नाटक गर्दै आएको ‘नयाँ बाटो नयाँ पाइला नाट्य समूह’ २०६९ देखि चुलाचुली रंगमञ्च नाटय संस्थाको नाममा स्थापित  भएको हो । दुई दर्जन बढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक गरिसकेको रंगमञ्चले क्षेत्रीय र राष्ट्रिय नाटक महोत्सवमा समेत सहभागी रहेर नाटक मञ्चन गरिसकेका छन् ।

सेट लाइटमा ‘देवाङसी राजा-२०७३’, ‘सुवीउ चरी-२०७१’, ‘किपट-२०७०’ मञ्चन भएका उत्कृष्ट नाटक हुन् । रंगमञ्चका निवर्तमान अध्यक्ष तथा रंगकर्मी केशर भुजेलले भने, ‘नाटकलाई व्यवसायक रूपमा लैजान सशुल्क नाटक गरिदैं आएका छौं ।’ उनले यसपटक बालबालिका र किशोर अस्थाका विद्यार्थीको प्रतिभालाई विकसित गर्ने समयमै सिर्जनशील बनाउने उदेश्यले नृत्य कक्षा संचालमा ल्याएको बताए ।

नाटक प्रशिक्षण, नृत्य प्रशिक्षण गर्दै आएको चुलाचुली रंगमञ्चले एक वर्षदेखि सहयोगी दाताहरूको सहयोगमा गाउँमा पुस्तकालय नामको पुस्तकालय व्यवस्थापन गर्दै आइरहेका छन । साविक वडा नम्बर ७ मा रहेको रंगमञ्चको कार्यालय अहिले भने चुलाचुली गाउँपालिका-४ इलाम मा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार