महेश स्मृती पुरस्कार भट्टराईलाई

नयाँ बुलन्द

इलाम : इलामका खेलाडी तथा तत्कालिन माइभ्याली फूटवल क्लबका सदस्य स्वर्गीय महेश कार्कीको स्मृतीमा स्थापित ‘महेश स्मृती पुुरस्कार’ इलामका पत्रकार बिप्लव भट्टराईले प्राप्‍त गरेका छन् ।

तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिताको उत्कृष्ठ रिपोर्टिङ गरेको भन्दै कान्तिपुुरकर्मी भट्टराई सो पुुरस्कारबाट पुुरस्कृत भएका हुन् । उनलाई नगद पाँच हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

भट्टराईलाई  माइभ्याली फूटवल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ, जिल्ला फुुटवल संघ इलामका अध्यक्ष निरोज खड्गी लगायतले पुुरस्कार वितरण गरेका थिए । इलामको सन्दकपुर गाउँपालिकास्थित जमुुनामा जन्मिएका भट्टराई करिब डेढ एक दशकदेखी मूलधारका  पत्रकारितामा क्रियाशिल छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार