नयाँ बुलन्द
पाँचथर : किसान परिवारमा हुर्केका २८ बर्षिय सुशिल शेर्माको हिमाल चढ्ने सपना चुलिएको छ,। पा“चथरबाट पहिलो लिम्बू युवाले सर्बोच्च शिखर चोमोलुङमा (सगरमाथा ) चुचुरोमा पाइला टेक्ने जमर्को गरेका छन् यो वर्ष । उनी आउदो १३ अप्रिल २०१७ अर्थात चैत ३१ गते सगरमाथा आधार शिविरतर्फ लाग्दैछन् ।
पाFचथरको माङजाबुङ गाविस–५ लामाटारमा २०४५ भदौ १२ गते जन्मिएका सुशिल शेर्माको बाल्यकालदेखि नै हिमाल चढ्ने सपना थियो । कक्षा ५ मा पढ्दा प्रथम नेपाली पर्वतारोही महिला पासाङ ल्हामू शेर्पाको जीवनी अध्यायन गरेपछि सर्बोच्च शिखर चुम्ने रहर चुलियो । तर रहरले मात्रै सपना पूरा नहुदो रहेछ, मौका पाइरहेका थिएनन् । साहसी नारी पासाङल्हामू शेर्पाले सफल आरोहण गरेको कथाबाट उत्साहित भएर आमालाई हिमाल चढ्ने सपना सुनाए । तर आमाले जवाफ दिइन् ‘लिम्बूको छोरो कसरी सक्छस् हिमाल चढन ? हिमाल त शेर्पाले मात्रै चढन सक्छ, त“ त मर्छस् ।’ केटाकेटी उमेरमा आमाको जवाफले निराश बनाएपनि अध्यायनस“गै करा“ते, तेक्वान्डो सिके । केहीबर्ष पा“चथरमा युवाहरुलाई कराFते र तेक्वान्डो पनि सिकाए । करा“ते सिक्दै सिकाउदै स्नातक तहसम्मको अध्यायन पूरा गरेका उनी उन्नती र प्रगतीका निम्ति निकै संघर्षशील छन् ।
पाँचथरका प्रख्यात करा“ते गुरु सुशिलले सरकारी सेवामा प्रवेश गर्दा शिखर चुम्ने सपना बोेकेर खेल जीवन त्यागेर २०६४ सालमा नेपाली सेनामा भर्ना भए । तर इलामका चर्चीत फुटबल खेलाडी नवयुग श्रेष्ठसितै नेपाली सेनामा भर्ना भएका उनले शिखर चुम्ने सपना पूरा नहुने देखेर पा“च वर्षपछि सेनाको नोकरी त्यागिदिए । फुटबल खेलाडी श्रेष्ठस“गै रिक्रुट तालिम गरेर सेनामा भर्ना भएको सम्झदै शेर्माले भने –‘सेनाको जागीर खाएर शिखर चुम्ने रहर पूरा नहुने देखें, अनि राजीनामा दिए“ । फौजीमा जङ्गीशासन हेर्दा राजतन्त्र जीवीत छ, जस्तो लागेर जागीर नै त्यागिदिए“ ।’
हिमाल चढने रहर पूरा गर्न सगरमाथा उक्लिन दुई पटक अभ्यास यात्रा गरिसकेका छन् । तर प्रतिकुल मौसमका कारण सगरमाथा आधार शिविरबाट फर्किनु पर्यो । सगरमाथा आरोही सिङगी ह्योल्मो लामासित शेर्माले २०६८ सालमा (सेप्टेम्बर २३ मा) पहिलोपटक सोलुखुम्बूमा पर्ने ६ हजार एक सय ८९ मीटर उचाईंको आइसलयाण्ड पिक इम्जात्से चुचुरो सफल आरोहण गरे । उनले हिमाल चढने अभ्यास स्वरुप २०६९ मा सगरमाथाको दक्षिणतर्फको मोहडासम्म पैदल यात्रा गरेको बताए । त्यसपछि २०६९ जेठ २७ देखि असार ७ गतेसम्म झापाको केचनादेखि कन्चन्जङ्घा बेसक्याम्पसम्म १५ दिने मेची शान्ति पदयात्रा गरे । सफल पर्वतारोहण गर्न अभ्यास स्वरुप २०७० सालमा अभ्यास स्वरुप ६ हजार ५३ मीटर उचाईंको लाङटाङ हिमाल चढेका छन् । उनले हिमाल चढने सपना पूरा गर्न अभ्यासकै क्रममा १५ लाख रुपैंया“ खर्च गरिसकेको बताए ।
यसवर्ष सगरमाथा सफल आरोहण गर्न प्रक्रिया पूरा गरी एजेन्सीसित सम्झौता गरिसकेको शेर्माले बताए । तर एजेन्सीसित सम्झौता गरेपनि बुझाउने रकम अभाव भएको शेर्माले बताए । पर्वतारोहण गर्न पर्वतारोहले एजेन्सीलाई २४ लाख ४३ हजार ५ सय रुपैंया“ र नेपाल पर्यटन बोर्डलाई सलामी दस्तुरवापत ७५ हजार र लेजिनल अफिसर खर्च तथा गार्भेज डिपोजिट चार हजार डलर (करिब चार लाख रुपैंया“) धरौटी बुझाउनुपर्ने व्यवस्था छ । आमाले धेरै पढेर छोरा शिक्षक बनोस् र गाउ“को सेवा गरोस् भन्ने चाहना राखेपनि शेर्माले एकोहोरो हिमाल चढ्ने जिद्दी गरिरहे । पछिल्लोपटक २०६२ वैशाख ११ गते सगरमाथा यात्राको शुभकामनासहित भव्य विदाइ भएर हिंडेका शेर्मा बैशाख १२ गते गएको महाभूकम्पको कारण हिउ“पहिरोले रोकियो । यसपाली विश्व शान्ति, आणवक निशस्त्रीकरण , मजदुरको हक र भूपू सैनिकहरुको सेवासुविधा बृद्धिको माग राख्दै यात्रा गर्न लागेको शेर्माले बताए ।