कावेली ए जलविद्युत आयोजना निर्माणाधिन

नयाँ बुलन्द

पाँचथर : ताप्लेजुङ र पा“चथरको सिमावर्ती काबेली खोलाबाट निर्माण गर्न लागिएको बहुप्रतिक्षित ३७ दशलमव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको काम शुरु गरिएको छ ।

विश्व बैंक लगायत अन्तराष्र्टिय वित्तीय संस्थाहरुको सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको काबेली ए जलविद्युत आयोजना पूर्व कै सबभन्दा ठूलो परियोजना हो । पा“चथरको हिलिहाङ गाउ“पालिका वडा नं–१ अमरपुरको धुसेनीमा स्थानीय बयोबृद्ध ८१ बर्षिय दुर्गा भण्डारीलाई विहीबार शिलन्यास गराइ निर्माण कार्य थालिएको आयोजनाका प्रमूख वीरेन्द्र श्रेष्ठले बताए ।

ताप्लेजुङको याङवरक गाउ“पालिका वडा नं–२ थेचम्बू र पा“चथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको सिमानामा पर्ने धुसेनी काबेली ए जलविद्युत आयोजनाको मुहान हो । धुसेनीदेखि पिनासेघाटसम्म ४ हजार ३ सय २७ मिटर शुरुङ खनेर विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गर्ने योजना छ । सरकारले दश बर्षअघि काबेली ए जलविद्युत आयोजना सम्भाव्यता अध्यायन गरी विस्तृत सर्बेक्षण प्रतिवेदन तयार गर्न विद्युत प्राधिकरण अन्तर्गत सरकारी स्वामित्वको बुटवल पावर कम्पनीलाई अनुमति प्रदान गरेको थियो । बुटवल पावर कम्पनीले काबेली ए परियोजना निर्माण गर्न गठन गरेको काबेली इनर्जी लिमिटेडले तयार गरेको प्रतिवेदन अनुसार सरकारले तीन बर्षका लागि २०६६ पुस १७ मा पहिलोपटक विद्युत विकास सम्झौता भएपनि नीतिगत र प्रक्रियागत समस्या तथा विभिन्न कारणले निर्माण कार्य शुरु हुन सकेको थिएन ।

काबेली इनर्जी लिमिटेडले आयोजना निर्माण गर्न विश्व बैकबाट चार करोड अमेरिकी डलर, अन्तराष्ट्र्रिय वित्त निगम(आइएफसी)ले तीन करोड ८६ लाख अमेरिकी डलर, क्यानाडेली जलवायु परिवर्तन कार्यक्रम, नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी र एन आई सी एसिया वैंकको ऋण सहयोग, बुटवल पावर कम्पनी र स्थानीयबासीको दश अर्ब रुपैंयाँ लगानी हुने आयोजनाले जनाएको छ ।

विश्व वैंकमार्फत अन्तराष्र्टि«य सहयोगी निकाय, अष्ट्रेलियन वैदेशिक सहयोग नियोग (डीएफएटी), स्विस आर्थिक सहयोग नियोग (एसइसीओ), वेलायती अन्तराष्ट्र्रिय सहयोग नियोग(डिएफआइडी)ले समेत परियोजना निर्माणमा सहयोग गर्ने जनाएका छन् । काबेली ए जलविद्युत आयोजनामा बुटवल पावर कम्पनीको ५५ प्रतिशत र सिंगापुरको इन्फ्राको एसिया कम्पनीको ४५ प्रतिशत लगानी साझेदारी गर्ने सहमति भएको परियोजना प्रमूख विरेन्द्र श्रेष्ठले बताए । आयोजना निर्माणको ठेक्का चीनीयाँ कम्पनी झिझियाङ हाइड्रो कम्पनीले सिभिल इन्जिनियरिङ र हाइड्रोमेकानिकल इन्जिनियरिङ कार्य सिडब्ल्यूसिडब्ल्यू कम्पनीले लिएको छ ।

काबेली खोलामा १५ मिटर अग्लो उच्चबा“ध निर्माण गरी एक किलोमिटर फराकिलो जलाययुक्त पोखरीमा पानी जम्मा गरेर शुरुङबाट पिनासेघाट पुर्याइने छ । पिनासेघाटमा करिब एक सय १८ मिटर उचाईंबाट विद्युतगृहमा टर्बाइनमा पानी खसाल्ने छ । काबेली ए आयोजना पूरा भएपछि नेपालको गरिवी निवारणमा सहयोग पुर्याउने भएकोले आफूहरुले लगानी गरेको बताउदै आयोजना सफल पार्न स्थानीयबासीले सहयोग गर्नुपर्ने इन्फ्राको एसियाका प्रमुख कार्यकारी अधिकृत एर्लाड नोईले बताए ।

काबेली ए जलविद्युत आयोजना निर्माण प्रक्रियामा आठ बर्षदेखि सामाजिक, वातावरणीय प्रभाव लगायत पूर्बाधार निर्माण कार्य गरिसकेकोले एक महिनाभित्र शुरुङ निर्माण शुरु गरिने बुटबल पावर कम्पनीका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले बताए । यो आयोजना ६ बर्षमा पूरा गरी विद्युत खरिद विक्री गर्ने काबेली इनर्जी लिमिटेड र विद्युत विकास विभागबीच २०७० असोज ७ गते सम्झौता भएपनि तीन वर्ष समय खेर गएको छ । कावेली ए जलविद्युत आयोजना २०७६ असोज १३ गते पूरा गनुपर्ने विद्युत विकास विभाग र प्रवद्र्धक कावेली इनर्जी लिमिटेडबीच सम्झौता छ । यो आयोजनाबाट दैनिक पिकङ रन अफ द रिभर प्रणालीबाट वार्षिक २० करोड ५० लाख युनिट विद्युत उत्पादन हुने बताइएको छ । काबेली ए जलविद्युत आयोजना पूरा भएपछि काबेली करिडोर १३२ केभि प्रशारण लाइन अमरपुर सवस्टेसनमा जोडिने छ ।

सम्झौता भएको लामो समय निर्माण शुरु नहुदा चकित स्थानीयबासी कावेली ए आयोजना निर्माण कार्य शुरु भएकोमा स्थानीयबासी खुशी भएको सरोकार समिति अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बताए । पा“चथर सदरमुकाम फिदिमदेखि ४५ किलामिटर उतरमा रहेको काबेली खोलामा निर्माण हुने विद्युतगृह मेची राजमार्गदेखि ७ किलोमिटर नजिकै छ । आयोजना निर्माणस्थलसम्म सवारी आवागमनको लागि पहुँचमार्ग सडक निर्माणको गर्न स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका छन् । मेची राजमार्गदेखि काबेली विद्युत गृह र उच्चबा“ध निर्माणस्थल पुग्न ९ मिटर चौडाइको फराकिलो सडक निर्माण गरिसकेको छ । आयोजनाले स्थानीयबासीको जग्गाको मुआव्जा र क्षतिपूर्ति समेत वितरण गरिसकेको आयोजना प्रमूख वीरेन्द्र श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार