माइभ्याली गोल्डकप : आर्मी र पुलिसको खेल सुरु

नयाँ बुलन्द

इलाम :  इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा सेमीफाइनलका खेल सुरु भएको छ । आजको पहिलो सेमीफाइनलमा दुई विभागीय टिम नेपाली सेनाको नेपाल आर्मी क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबबीचको खेल सुरु भएको छ । अहिलेसम्म गोलरहित बराबरीमा खेल भईरहेको छ ।

आर्मी पूर्व राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा मैदान उत्रेका छन् भने पुलिस पूर्व राष्ट्रिय टिमका स्ट्राइकर जुमानु राईको कप्तानीमा मैदान प्रवेश गरेका छन् । इलामको ठूलो टुँडिखेलमा जारी खेलमा उपाधिका दावेदार दुवै टिमको खेल अत्यन्तै प्रतिष्पर्धात्मक हुने अनुमान दर्शकहरुको छ ।

आर्मीले यसअघि पाहुना टोलि कञ्चनजंघा फूटबल क्लब सिलीगुढी भारतलाई र पुलिसले मनाङ मर्स्याङ्दीलाई क्वाटरफाइनलमा पाखा लगाउँदै सेमीफाइलनमा प्रवेश गरेको हो । आर्मी गोल्डकपको पहिलो संस्करणको विजेता टिम हो । गत वर्षको संस्करणमा भने सेमीफाइनलमा सशस्त्र प्रहरीको एपीएफसँग ४-१ ले पराजित भएको थियो ।

माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल २६ चैतमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार