पुलिस र मनाङबीचको खेलमा पुलिसको अग्रता

गोल्डकपमा प्रतिष्पर्धा गर्दै पुलिस (नीलो जर्सी) र मनाङ (सेतो जर्सी) का खेलाडिहरु ।

नयाँ बुलन्द

इलाम : इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल भर्खरै सुरु भएको छ ।  नेपाल पुलिस क्लब र लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबबीच सेमीफाइलनका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।

खेलको सुरुवातमै पुलिसले अग्रता लिएको छ । पुलिसका अभिषेक रिजालले ३५ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका हुन् । मनाङका गोलरक्षक दिनेश थापा मगरको हातबाट फुत्किएको बललाई रिजालले सानदार गोलमा परिणत गरेका थिए ।

उपाधिका लागि दावेदार मानिएको दुवै टिमले खेलको सुरुवातमै आक्रामक प्रदर्शन गरिरहेका छन् । दुवै टिमले विपक्षीलाई दवावमा राख्ने कोसिस गरिरहेका छन् । मनाङले पनि केही अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेका छैन ।

आजको खेलमामनाङ मर्यास्याङ्दीका तर्फबाट विराज महर्जन, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुशिल लामा लगायतका राष्ट्रिय टिमका खेलाडिहरु छन् । उता पुलिसका तर्फबाट तेज तामाङ,  अजित भण्डारी, भोला सिलवाल, जुमानु राई लगायतका पूर्व राष्ट्रिय खेलडिहरु सहभागित छन् ।

पुलिसले यसअघि आयोजक माईभ्याली फूटबल क्लब इलामलाई पाखा लगाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मनाङ भने सीधै वाई पाएर क्वाटरफाइनलमा आएको थियो ।

आजको विजेताले फाइनलमा पुग्न बुधबार साविक विजेता नेपाली सेनाको नेपाल आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

२६ चैतसम्म सञ्चालन हुने प्रतियोयितामा दुई विदेशी टिम सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागी छन् ।

माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार