वीरु पापो
दानाबारी : पाँच दिवसीय उद्घोषण तालिम इलामको माई नगरपालिकास्थित दानाबारीमा सुरु भएको छ ।
महिला सञ्जाल समिति (साविक दानाबारी) को आयोजनामा भएको कार्यक्रम सुरु भएको हो । लक्षित समूह अन्तरगत महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेटबाट कार्यक्रम आयोना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम गरुवा बहुमुखी क्यामपसका प्रध्यापक हरि पौड्यालको विशेष अतिथी तथा लक्षित समूह र अन्य राजनैतिक दलहरुको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
तालिममा ४५ जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । तालिमका सहभागिहरुलाई पत्रकार धर्म गौतम र सुजन तिमसिनाले सहजीकरणा गरिरहेका छन् । कार्यक्रममा विभिन्न राजनैतिक दल र सामाजिक संस्थाका प्रतिनीधिहरुले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले स्थानीय तहको निर्वाचनमा सही उम्मेद्वारलाई छनौट गरी मतदान गर्न सुझाव समेत दिएका थिए ।
कार्यक्रम आयोजक महिला सञ्जाल समितिका अध्यक्ष धनकुमारी राईको अध्यक्षतामा उद्घाटन गरिएको थियो ।
कायर्क्रम एमालेद्वारा वहिस्कार
यसैबीच सो कार्यक्रम नेकपा एमालेले बहिस्कार गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हावी भएको भन्दै एमालेले असन्तुष्टी व्यक्त गरेको थियो । सोही कारण कार्यक्रम समेत बहिस्कार गरेको बुझिएको छ । अन्य राजनैतिक दलहरुले भने कार्यक्रममा उपस्थित भएर नै कार्यक्रममा शुभकामना राखेका थिए ।
प्रमुख अतिथीको अनुपस्थितीमा उद्घाटन
कार्यक्रममा प्रमुख अतिथी माई नगरपालिकाका कार्यकारी अधिकृत कालिदास ढकाल समेत अनुपस्थित रहे । उनलाई नेकपा एमाले कार्यक्रममा नजान दवाव दिएका कारण उपस्थित हुन सकेनन् । अधिकृत ढकालसँग टेलिफोन सम्पर्क गरी बुझ्दा विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने ठानेर अनुपस्थित रहेका प्रतिक्रिया दिए । ‘विवादित कार्यक्रममा उपस्थत हुँदा झन् विवादित हुने सम्भावना भएका कारण कार्यक्रममा अनुपस्थित रहे’ उनले टेलिफोन समेपकर्मा भने ।