राम योङ्हाङ
इलाम : डिफेन्डीङ च्याम्पियन झापा-११ इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । रुपन्देही-११ लाई टाईब्रेकरमा ४-३ गोलले पाखा लगाउँदै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित र अतिरीक्त समयमा दुवै टिमबाट गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरको आधारमा विजेता निर्धाराण गरिएको थियो ।
टाइब्रेकरमा झापाका दिलेन लोक्ताम, सुरेन थापा, पुजन उपकोटी र कर्ण लिम्बूले सीधै जाली चुमाएका थिए । देवेन्द्र तामाङको प्रहार भने रुपन्देहीका गोलरक्षक सोजित गुरुङले बचाउ गरेका थिए ।
उता रुपन्देहीका तर्फबाट भने जिजय धिमाल, लक्ष्मण रुचाल र रोशन सेनको प्रहार गोलमा परिणत भएको थियो । हेमन गुरुङको प्रहार आउट भएको थियो भने निरज बस्नेतको प्रहार झापाका गोलरक्षक किशोर गिरीले उत्कृष्ठ बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच घोषित झापाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेको दुवै टिम मध्यान्तरपछि भने चम्किएको थियो । दुवै टिमले आक्रामक खेल प्रदर्शन गर्यो । दुवै टिमका खेलाडीले रक्षात्मक भन्दा आक्रामक शैली अपनायो । दर्शकको हुटिङले हौसला पाएको दुवै टिमले उच्च मनोबलका साथ खेल प्रदर्शन गरेको थियो ।
खेलको उत्तर्रार्धसम्म दवावमा परेको झापाले उत्तर्रार्धपछि भने खेलमा केही सुधार गर्यो । उसले अन्तिम समयमा रुपन्देहीलाई लगातार दवावमा राखेको थियो । गोल गर्ने थुपै्र अवसरहरु पनि पायो । तर गोल गर्न सकेन । दुवै टिमले पाएको केही उत्कृष्ठ अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल टाईब्रेकरसम्म पुगेको थियो ।
जितसँगै झापाले अघिल्लो संस्करणको जितलाई निरन्तरता दिन सफल भयो । रुपन्देही भने हारको वदला लिने सपना चकनाचुर पार्दै घर र्फकन बाध्य बन्यो ।

प्रतियोगिता अन्तरगत सोमबार नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दीबीच हुनेछ ।
२६ चैतसम्म सञ्चालन हुने प्रतियोयितामा दुई विदेशी टिम सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागी छन् ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ ।